पशुपतिनाथ मूल मन्दिरभित्रको फलामे बार हटाइयो « Khabarhub

पशुपतिनाथ मूल मन्दिरभित्रको फलामे बार हटाइयो


१८ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरमा करिब एक दशकअघिदेखि राखिएका फलामको बार हटाइएको छ।

पशुपतिनाथलाई व्यवस्थित गर्ने क्रममा फलामको बार हटाइएको पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले जानकारी दिए। कोषले फलामको बार हटाएपछि धेरै भक्तजनले यसको स्वागत गरेका छन्।

यस्तैमध्येका एक हुन् संस्कृतिविद् हरिप्रसाद सोडारी। पशुपतिनाथ मूल मन्दिरभित्रको फलामे रेलिङ हटाइनु सकारात्मक भएको उनले सुनाए।

मन्दिरभित्र अझै बत्ती बाल्न नपाइने, भक्तजनले लगेका फूल, प्रसाद नचढाइने जस्ता विकृति पनि हटाउन पहल गरिने संस्कृतिविद् सोडारी बताउँछन्। विश्वसम्पदा क्षेत्रमा यस्ता सामग्री राखेपछि पुरातत्व विभागले विश्वसम्पदा क्षेत्रको पहिचान गुम्न सक्ने भन्दै यसलाई हटाउन पत्राचार गरेको थियो।

विभागका प्रमुख पुरातत्व अधिकृत सन्दीप खनालले पत्राचार गरेलगत्तै कोषले बार हटाएको बताए।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  ६ : ५५ बजे

कांग्रेसले सबैलाई समेटेर देश सम्हाल्छ : सभापति थापा

सिरहा– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सबै विचार र समुदायलाई

बागमतीका मन्त्रीको सरकारी गाडी पार्टी प्यालेसमा !

काठमाडौं- बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा

५ वर्षमा १० हजार मेगावाट बिजुली उत्पादन गर्ने नेकपाको लक्ष्य

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीले आगामी ५ वर्षभित्र १० हजार मेगावाट

यस्ता छन् नेकपाको चुनावी प्रतिबद्धताका कार्यक्रम र मुख्य एजेन्डा

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले चुनावी प्रतिबद्धता सार्वजनिक गरेको