‘विविधता भित्रको राष्ट्रिय एकता नै नेपाली हुनुको पहिचान हो’ « Khabarhub

‘विविधता भित्रको राष्ट्रिय एकता नै नेपाली हुनुको पहिचान हो’


१८ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले उधौली, यःमरि पुन्हि, ज्यापू दिवसलगायत सांस्कृतिक पर्वले समस्त नेपालीबीच आपसी सद्भाव, सामाजिक सम्बन्ध, बलियो राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।

किराँत समुदायको विशेष चाड उँधौली पर्व तथा नेवार समुदायको यःमरि पुन्हि र ज्यापू दिवसका अवसरमा आज उनले देश तथा विदेशमा रहनुभएका समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं दीर्घायुको कामनासमेत गरेका छन् ।

अध्यक्ष दाहालले भनेका छन्, “नेपाल बहुजातीय, बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त स्वाधीन राष्ट्र हो । हाम्रो संविधानले हरेक नागरिकलाई आफ्नो आस्था र समुदायअनुसार चाडपर्व मनाउन, धर्म मान्न पाउने अधिकार मौलिक हकका रूपमा सुनिश्चित गरिएको छ । हाम्रो राष्ट्रियताभित्र विविध जातजाति, धर्म र सम्प्रदायअनुसार आ–आफ्नै संस्कृति, परम्परा र चाडपर्वहरूले हाम्रो विविधतालाई प्रतिबिम्बित गरेका छन् । हामी सबै नेपाली भए पनि अलग–अलग चाडपर्व, सांस्कृतिक रीतिरिवाज र परम्परा मान्दै आएका छौँ । विविधताभित्रको राष्ट्रिय एकता नै हामी नेपाली हुनुको पहिचान हो ।”

कृषि प्रणालीमा आधारित उँधौली पर्वमा किराँत समुदायले अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने र पितृलाई स्मरण गर्दै धुमधामसहित मनाउने गर्दछन् । यस पर्वमा उनीहरूले सांस्कृतिक पहिरन, मौलिक संस्कृतिमा आधारित बाजागाजासहित गीत गाउँदै, नाच्दै रमाइलो गर्दछन् । उँधौली पर्वजस्तै नेवार समुदायमा यःमरि पुन्हि पनि कृषि प्रणालीसँग सम्बन्धित छ । नयाँ भित्र्याइएको धानको चामलबाट बनेको पीठोको विशेष परिकार खाने, धनसम्पत्ति, वृद्धि र धनधान्यले भरिपूर्ण हुने जनविश्वासमा यो पर्व मनाउने चलन छ ।

शुभकामना सन्देशमा भनिएको छ, “आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको संवद्र्धन र प्रकृति प्रेमको प्रतीकका रूपमा रहेका उँधौली पर्व, यःमरि पुन्हि तथा ज्यापू दिवसका अवसरमा सबैलाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  ८ : ५० बजे

कांग्रेसको प्रदेश सम्मेलन तालिका सार्वजनिक

काठमाडौं– नेपाली कांग्रेसले देशभर प्रदेशस्तरीय सम्मेलन आयोजना गर्ने तालिका सार्वजनिक

ग्लोबल आइएमई बैंकले दोस्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले प्रविधिको प्रवर्द्धन तथा नवप्रवर्तनलाई प्रोत्साहन

खेल क्षेत्रमा चुनौती-अवसर दुवै छ, काम गरेर देखाउनुपर्छ : मन्त्री पोखरेल

काठमाडौं– युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुदप्रति युवालाई आकर्षित गर्नुपर्नेमा

प्रधानमन्त्रीको अफिसियल फोटोमा पनि कालो चस्मा

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको अफिसियल्ली फोटो सार्वजनिक गरिएको छ ।

मध्य इरानमा सैन्य स्थलमा आक्रमण

तेहरान– मध्य इरानको इस्फहान प्रान्तमा केही सैन्य स्थलमा आक्रमण हुँदा