पोखराले लियो काठमाडौंको ३ विकेट  « Khabarhub

पोखराले लियो काठमाडौंको ३ विकेट 


१८ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध पहिला ब्याटिङमा उत्रिएको काठमाडौं गोर्खाजले ३ विकेट गुमाएको छ । 

खेल ९ ओभरको ४ बलमा पुग्दा काठमाडौंले ५४ रनको अवस्थामा ३ विकेट गुमाएको हो ।

तेस्रो विकेटका रुपमा मिलिन्दा कुमार आउट भएका हुन् । पोखराका कप्तान भुर्तेलको बलमा स्टिम्पिङ भएका उनले १४ बलमा १३ रन बनाए । 

दोस्रो विकेटका रुपमा रसिद खान आउट भएका हुन् । चार ओभरको अन्तिम बलमा आउट भएका उनले १२ बल खर्चेर ७ रन जोडे ।

काठमाडौंको पहिलो विकेट पहिलो ओभरको चौथो बलमै गएको हो । ओपर आकाश त्रिपाठी डक आउट भएका हुन् । 

खेल १० ओरभमा पुग्दा ओपनर बेन चार्ल्सवर्थ त्रिजमै छन् । उनले अविजीत ३१ रन जोडेका छन् । ३२ बलमा उनले ३ चौका र १ छक्का प्रहार गरे । 

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पोखाराले टस जितेर काठमाडौंले पहिला ब्याटिङको निम्तो पाएको हो ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  १२ : ४० बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।