काठमाडौं– केही महिला अधिकारकर्मी, सिने कलाकारले पनि ‘महिनावारी रगत दूषित नै हो, यो बेलामा नकारात्मक ऊर्जा पैदा हुन्छ’ भन्ने जस्ता गलत धारणा व्यक्त गर्दाचाहिँ महसुस हुन्छ— हाम्रो अध्ययनको धरातल र विचार अझै पनि १८ औँ शताब्दी वरपर नै छ । महिनावारी हुनु प्रजननको एक महत्त्वपूर्ण पक्ष हो भन्ने बुझ्नु महिलाले पनि यसो भन्छन् ।
अझ केही डाक्टरहरूले त दसैँ–तिहारमा महिनावारी हुनबाट रोक्न के गर्ने, कस्तो औषधि खाने भनेर लेख्छन् र भ्रम पैदा गर्छन् ।
महिलाको महिनावारीलाई ‘अपवित्र’ भन्नेहरूले भारतको ‘ महिनावारीलाई चाहिँ पवित्र मान्छन् । हरेक वर्ष असार महिना (२२ जुन) मा चार दिनका लागि कामक्षाको मन्दिरको ढोका बन्द हुन्छ, किनभने त्यति बेला ‘देवी’ रजस्वला भएकी हुन्छिन् ।
चार दिनपछि देवीले ‘महिनावारी व्यवस्थापन गर्न प्रयोग गरेको कपडा’ चाहिँ प्रसादको रूपमा सबैलाई बाँडिन्छ । त्यो प्रसाद हारालुछ हुन्छ । देवीले महिनावारीको बेलामा प्रयोग गर्ने कपडा ‘शुद्ध’ अनि महिलाहरू महिनावारी हुँदा किन अशुद्ध ? यी प्रश्नहरूको उत्तर कुनै पनि धर्मगुरुले दिन सक्लान् ?
भारतको केरलास्थित शबरीमाला मन्दिरमा प्रजनन उमेरका किशोरी र महिला (१२–४९ उमेरसम्म) लाई मन्दिरभित्र प्रवेश निषेध छ ।
केही वर्षअघि महिला अधिकारकर्मीहरूले मुद्दा हालेर अदालतले चाहिँ ‘प्रवेश गर्न पाउने’ भनी दिएको आदेशले गर्दा राजनीतिक मुद्दाले केरलाको राजनीतिलाई पनि तताएको थियो । भारतीय जनता पार्टीका कार्यकर्ताहरूचाहिँ ‘हजारौँ वर्षदेखि चलिआएको धार्मिक भावनालाई आदर गर्दै महिलालाई मन्दिरभित्र जान दिन हुँदैन’ भन्दै अदालतको आदेशविरुद्ध गए ।
अर्थात् त्यत्रो ठूलो लोकतान्त्रिक देशमा समेत ‘महिनावारी अशुद्ध’ नै हुन्छ भनेर ठूला राजनीतिक दलका नेताहरूले गलत र अवैज्ञानिक कुरा गर्छन् भने के भन्ने ? सो मन्दिरका पुजारीहरूले पनि ‘महिनावारी हुने महिलाहरू मन्दिरमा पसे भने त्यहाँभित्रका देवता महिलाको शरीर देखेर लोभिन्छन्,’ भन्ने विचारले प्रजनन उमेरका महिलाहरूलाई त्यहाँ जान दिनु हुँदैन भन्ने तर्क वरपर घुमेका देखिन्छन् ।
अर्थात् मन्दिरभित्र पस्ने कुरा पनि महिलाको यौनिकतासँग जोडिएको छ । हजारौँ वर्ष पहिलेको ‘ज्ञान’ महिनावारी अपवित्र हो भन्ने कुरा अहिले अवैज्ञानिक हो भन्ने कुरा सिद्ध भइसकेको छ, तर पुजारीहरू ‘हजारौँ वर्षअघिकै कुरा’ ठिक ठान्छन् । उनीहरूले यसरी महिलाको शरीर अपमानित गरिरहेका छन्, नेपालमा महिलालाई छाउपडीमा राखेजस्तै ।
महिनावारी हुने महिलाहरूलाई शबरीमाला मन्दिरमा पस्न नदिने धार्मिक गुरु र राजनीतिक दलका नेताहरूलाई अहिलेको विज्ञानसँग आधुनिक शरीर विज्ञानको ज्ञान छैन भन्ने स्पष्ट हुन्छ । पहिले–पहिले १३–१४ वर्ष पुगेपछि बालिकाको रजस्वला (महिनावारी) हुन्थ्यो । प्राय ४४–४५ देखि ४९ वर्षसम्ममा महिनावारी सुकिसक्थ्यो । अहिले त ८–९ वर्षकी बालिका पनि रजस्वला हुन्छिन् ।
अहिले ५० वर्ष र कोही–कोही ५२–५५ वर्षसम्मका महिला पनि रजस्वला हुन्छन् । तर, यो ज्ञान नभएकाले नै ५० वर्षपछिका उमेर पुगेका महिलालाई चाहिँ शबरीमाला मन्दिरमा पस्न दिने रहेछ ।
यदि ती महिलाको रजस्वला सुचारु नै छ भने पनि पुजारीलाई के थाहा ? रजस्वला उमेरका महिलाहरूलाई मन्दिरमा पस्न नदिने कारण के महिलाहरूको यौनिकतालाई ध्यानमा राखिएर गरिएको होइन ? यदि ५२ वर्षकी महिलाको महिनावारी सुकेको छैन भनेचाहिँ शबरीमाला मन्दिरका देवताले कसरी थाहा पाउलान् ? यदि नौ वर्षकी बालिकाको महिनावारी सुरु भइसकेको भए पुजारीले के चिह्न देख्लान् ? यस्ता प्रश्न गर्न सक्ने साहस प्रायः समाजमा छैन ।
नेपालमा छाउगोठमा सुत्दा किशोरीको मृत्यु भएका समाचारहरू बारम्बार आइरहन्छन् । अहिले माओवादीहरू केही बोल्दैनन् । ‘तर छौपडीचाहिँ पहिले त ठीकै त थियो नि, गरिबहरूको घरमा भिन्दै कोठा थिएन ।
त्यसैले छाउगोठमा पठाएको, महिलालाई चार दिन आराम गर्न दिएको’ भन्ने नेताहरू, सरकारी कर्मचारीहरू पनि छाउगोठमा महिलालाई पठाएर र गाईभैँसीलाई १० भारी घाँस लिन पठाएर कसरी आराम मिल्छ ? सर्पले टोकेर, आगोले पोलेर छाउगोठमा बस्दा बलात्कार भएकी महिलाको कसरी सुरक्षा हुनु सक्छ भन्ने प्रश्नको चाहिँ छलफल हुँदैन । किनभने महिलाको ‘महिनावारी’ एक सांस्कृतिक मुद्दा हो र यो धर्मसँगसमेत जोडिएको छ । कोही पनि डराएर बोल्न चाहँदैनन् । (डाक्टर उप्रेतीको सामाजिक सञ्जालबाट साभार )













प्रतिक्रिया