किरात समुदायले मनाए उधौली पर्व (तस्बिरहरू) « Khabarhub

किरात समुदायले मनाए उधौली पर्व (तस्बिरहरू)


१८ मंसिर २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज किरात समुदायले प्रकृतिको सम्मानका रूपमा उधौली पर्व मनाएका छन् । 

किराँत समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली साकेला र लिम्बूले चासोक तङ्नाम पर्वका नाममा उधौली धुमधामसँग मनाएका छन् । 

ललितपुरको सानो हात्तीवनमा भेला भएर किराँती पुर्खारधामीहरूले प्रकृतिको पूजा आराधना गरी उधौली चाडको सुरुवात गरेका हुन् ।

  लिम्बूले चासोक तङ्नाम पर्व तीन दिनअघि नै मनाउन सुरु गरेकोमा आज संयुक्तरूपमा किराँत समुदायका सबै समुदायले उधौली साकेला अर्थात् उधौली पर्व मनाएका हुन् । 

किराँत समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली साकेला र लिम्बूले चासोक तङ्नाम पर्वका नाममा मनाउने गर्दछन्  । 

सोही अवसरमा ललितपुरको नखिपोटमा सामूहिक रुपमा साकेला नाची उधौली मनाइएको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहिबार  ४ : ४८ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली