अमेरिकामा नवजात हेपाटाइटिस–बी खोप विवादमा « Khabarhub

अमेरिकामा नवजात हेपाटाइटिस–बी खोप विवादमा


१८ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकामा नवजात हेपाटाइटिस–बी खोपले विवाद निम्त्याएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनअन्तर्गत खोपप्रति शंका राख्ने स्वास्थ्यमन्त्री रोबर्ट एफ. केनेडी जुनियरले गठन गरेको नयाँ सल्लाहकार समूहले नवजात शिशुका लागि हेपाटाइटिस–बी खोपको पुनरावलोकन गर्न लागेपछि अमेरिकामा चिकित्सक तथा वैज्ञानिक समुदायबीच तीव्र बहस चर्किएको हो । 

धेरै चिकित्सकको कडा विरोधका बीच एटलान्टास्थित ‘खोप अभ्यास सम्बन्धी सल्लाहकार समिति’ (एसिआइपी) ले बिहीबारदेखि दुईदिने बैठक प्रारम्भ गर्दै खोप ढिलाइ गर्ने कि नगर्ने भन्ने विषयमा औपचारिक छलफल गर्न लागेको हो ।

केनेडीको नेतृत्वमा समितिले दशकौँदेखि सुरक्षित र प्रभावकारी मानिँदै आएको धेरै खोपको व्यापक समीक्षा आरम्भ गरिसकेको छ । खोपविज्ञानका स्थापित प्रमाणतर्फ भने उनी स्वयंप्रति शंका रहेको र खोपविरोधी अभिव्यक्तिहरू सार्वजनिक रूपमा गर्दै आएको पृष्ठभूमिले अमेरिकी चिकित्सा तथा वैज्ञानिक वृत्तमा गम्भीर चिन्ता उत्पन्न गरेको छ ।

खोपको दर घट्ने र दादुरा जस्ता घातक रोगको प्रकोप पुनः बढ्ने जोखिमका बारेमा विज्ञहरूले बारम्बार चेतावनी दिँदै आएका छन् । सन् २०२५ मा दादुरा प्रकोपकै कारण सयौँले ज्यान गुमाउनु परेको तीतो अनुभव अहिले पनि ताजा छ ।

सङ्क्रामक रोग तथा बालरोग विशेषज्ञ सीन ओ’लेरीले समितिको योग्यतामाथि प्रश्न उठाउँदै भने, ‘एसिआइपीले गर्न खोजिएको परिवर्तन कुनै तथ्य वा वैज्ञानिक प्रमाणमा होइन, विचारधारामा आधारित देखिन्छ ।’

सन् १९९१ देखि अमेरिकी स्वास्थ्य निकायले नवजात शिशु जन्मिएपछि पहिलो २४ घण्टाभित्र हेपाटाइटिस–बी खोप अनिवार्य रूपमा लगाउन सिफारिस गर्दै आएको छ । यो भाइरल कलेजो रोगले सङ्क्रमित व्यक्ति दीर्घकालीन कलेजो क्षति, सिरोसिस र कलेजो क्यान्सरको जोखिममा पार्छ ।

‘हेपाटाइटिस–बी बाट सङ्क्रमित ९०े प्रतिशत नवजात बालकमा पुरानो कलेजो रोग देखिन्छ, जसको एक चौथाइले अन्ततः यही रोगका कारण ज्यान गुमाउँछन् । यी सबै मृत्यु पूर्ण रूपमा रोक्न सकिने थिए’, ओ’लेरीले स्मरण गराए।

तर खोपविरोधी समूह र राष्ट्रपति ट्रम्प दुवैले यो अभ्यासलाई पछाडि धकेल्दै आएका छन् । ट्रम्पले सेप्टेम्बरमा सार्वजनिक रूपमा दाबी गर्दै ‘हेपाटाइटिस–बी यौन सम्बन्धबाट सर्ने रोग भएकाले बच्चाले १२ वर्षभन्दा अघि खोप आवश्यक छैन’ भन्ने तर्क प्रस्तुत गरेका थिए ।

चिकित्सकहरूले यस्तो दाबीलाई ‘पूर्ण रूपमा गलत र खतरनाक’ भन्दै कडा खण्डन गरेका छन् । उनीहरूको भनाइमा नवजात शिशुहरू आमा गर्भावस्था वा प्रसवका क्रममा सङ्क्रमित हुन सक्छन् र खोप ढिलाइ गर्दा अमेरिकामा स्वास्थ्य सेवामा रहेको असमान पहुँचका कारण समग्र खोप दर घट्ने र जोखिम अझ बढ्नेछ ।

यसैबीच, मिनेसोटा विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले ४०० भन्दा बढी अध्ययनसमेत समेटिएको ताजा समीक्षामा हेपाटाइटिस–बी खोप ढिलाइ गर्दा कुनै फाइदा नदेखिएको र बरु ‘वर्तमान अमेरिकी दिशानिर्देश परिवर्तन गर्ने गम्भीर खतरा’ मात्र देखिएको निष्कर्ष निकालेका छन् ।

सङ्घीय दिशानिर्देशका आधारमा नै धेरै खोप स्वास्थ्य बीमाबाट कभर हुने–नहुने निर्धारण हुने भएकाले एसिआइपीका सिफारिसहरूले अमेरिकामा व्यापक प्रभाव पार्छन्  एकल खोपको लागत सयौँ डलर पर्ने अमेरिकी स्वास्थ्य प्रणालीमा यो निर्णय प्रत्यक्ष रूपमा लाखौँ परिवारसँग सम्बन्धित हुन्छ ।

तर केनेडीको नेतृत्वप्रति अविश्वास बढ्दै जाँदा समितिको प्रभावक्षमता कमजोर हुँदै गएको देखिन्छ । डेमोक्रेटिक नेतृत्वका थुप्रै राज्यले ‘अब एसिआइपीको नयाँ सिफारिस नमान्ने’ घोषणा गरिसकेका छन् ।

बालरोग विशेषज्ञ पल अफिटले भने, ‘राज्यहरूले आफ्नै सल्लाहकार समिति गठन गर्न थालेका छन्, किनकि उनीहरू रोबर्ट एफ. केनेडी जुनियरजस्तो खोपविरोधी तथा विज्ञान अस्वीकारकर्ता व्यक्तिको नेतृत्वमा भइरहेको प्रक्रियामाथि भरोसा गर्न सक्दैनन् ।’

उनको भनाइमा, ‘अब समितिले अर्को कुन जोखिमपूर्ण प्रस्ताव अघि सार्ने हो भन्ने भागदौडमा एसिआइपीका बैठकहरू हेर्ने जो कोहीले पनि हतारिँदै सास रोकेर बस्छन् ।’

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  ४ : २० बजे

निश्चलको आग्रह : अनुसन्धान चाहिँ मबाटै सुरू गरियोस्

काठमाडौं –  गत भदौ २३ र २४ को जेन-जी आन्दोलनबारे

भारतमा चरम गर्मी चेतावनी

नयाँदिल्ली– भारतमा बढ्दो चरम गर्मी र त्यसबाट उत्पन्न जोखिमप्रति प्रधानमन्त्री

आयोगको नजरमा नेपालको गुप्तचर निकाय ‘फेलियर’

काठमाडौं – भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनबारे

जेन-जी आन्दोलनमा संलग्न रास्वापाका १५ सांसद अनुसन्धानको दायरामा

काठमाडौं– जेन-जी आन्दोलनमा संलग्नता रहेको आशंकामा राष्ट्रिय स्वतन्त्र पार्टीका १५