सुदूरपश्चिमका क्रिस लिनको ब्याटिङ चल्दा चितवनले पायो १७० रनको लक्ष्य « Khabarhub

सुदूरपश्चिमका क्रिस लिनको ब्याटिङ चल्दा चितवनले पायो १७० रनको लक्ष्य


१८ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको दोस्रो खेलमा चितवन राइनोजविरुद्ध सुदूरपश्चिम रोयल्सले १७० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६९ रन जोडेको हो ।

सुदूरपश्चिमबाट सबैभन्दा बढी रन बनाउने खेलाडी ओपनर क्रिस लिन हुन् । उनले ५६ बलमा ७५ रन जोड्न ५ चौका र ३ छक्का प्रहार गरे । खेल १७ ओभरमा पुगेपछि उनी रिटायर्ड आउट भए ।

ओपनर विनोद भण्डारीले २१, पुनीत मेहराले १३, अरिफल शेखले अविजीत २४ र दीपेन्द्रसिंह ऐरी अविजीत २४ रन जोड्दा सुदूरपश्चिमले १७० रनको बलियो लक्ष्य प्रस्तुत गरेको हो ।

बलिङतर्फ चितवनका सैफ जबले २ विकेट लिए । उनले इशान पाण्डे र पुनीत मेहरालाई आउट गरे । ओपनर विनोद भण्डारीलाई आउट गरेका रञ्जितले १ विकेट लिए ।

जर्ज स्क्रिमशले हर्मित सिंहको १ विकेट लिए । चार ओभर बलिङ गरेका रिजन ढकाल र जर्ज स्क्रिमशा खर्चिला बलर बने । उनीहरु दुवैले ४०–४० रन खर्चिए ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  ६ : ०० बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।