महाधिवेशन सौहार्दपूर्ण सम्पन्न गर्न सबै जिम्मेवार हुनुपर्छ: देउवा « Khabarhub

महाधिवेशन सौहार्दपूर्ण सम्पन्न गर्न सबै जिम्मेवार हुनुपर्छ: देउवा


१८ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी पुसमा निर्धारण गरिएको १५ औं महाधिवेशन सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न सबै जिम्मेवार हुनुपर्ने बताएका छन्।

महाराजगञ्जस्थित भाडाको निवासमा बिहीबार भेटघाटका लागि पुगेका नियमित महाधिवेशन पक्षधर युवा नेताहरूसँग उनले २६–२८ पुसमा तोकिएको महाधिवेशन सम्पन्न गर्न सबै जिम्मेवार हुनुपर्ने बताएका हुन्।

सभापति देउवाले युवा नेताहरूलाई महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न युवाले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा पनि जोड दिए।

भेटबारे युवा नेता सरोज थापाले भने, ‘सभापतिज्यूबाट १५ औं महाधिवेशन सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न सबै जिम्मेवार हुनुपर्ने र हामीलाई जिम्मेवारीपूर्वक भूमिका खेल्न भन्नुभयो।’

सभापति देउवाले युवा नेताहरूलाई १५ औं महाधिवेशनमार्फत् पार्टीलाई एकत्रित र एकबद्ध बनाएर निर्वाचनमा होमिनसमेत निर्देशन दिए। उनले पार्टी नियमित महाधिवेशनमा अघि बढेको अवस्थामा अझै पनि विशेष महाधिवेशनको चर्चा गर्नु असन्दर्भिक भएको बताए।

‘नियमित महाधिवेशनमा पार्टी अघि बढेको अवस्थामा अझै पनि विशेष महाधिवेशनको चर्चा गर्नु असन्दर्भिक भएको र यस्ता आशंका र प्रचारबाजीलाई युवा÷विद्यार्थीले चिर्दै अघि बढ्नुपर्छ भन्नुभयो,’ नेता थापाले भने।
भेटमा सहभागी नेताहरूले सभापति देउवासँग निर्धारित समयमा नियमित महाधिवेशन गर्न, वडादेखि केन्द्रसम्म पार्टीको पुनर्गठन, पुस्तान्तरण र रुपान्तरणको प्रक्रिया अघि वढाउन र महाधिवेशनमा युवाको उल्लेखनीय उपस्थिति गराउन युवा, विद्यार्थीहरूको भूमिकाबारेमा सभापति देउवाको ध्यानाकर्षण गराएका थिए।

प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनमा स्वच्छ छवि भएका, आर्थिक पारदर्शिता हासिल गरेका युवा र नवयुवालाई नयाँ अनुहारका रूपमा निर्वाचनमा अघि सार्न माग गरिएको थापाले जानकारी दिए।

देउवासँगको छलफलमा कांग्रेस बागलुङका सभापति जीत शेरचन, नेविसंघका पूर्वउपाध्यक्ष पुष्प शाही, पूर्वमहामन्त्री सरोजकुमार थापा, पूर्वकेन्द्रीय सदस्य थलकुमार लिङ्गा, केन्द्रीय सदस्यहरू मनिषजंग थापा, गीता गुरूङ, नेपाल तरुण दलका केन्द्रीय सदस्यहरू तीर्थ गौतम, इन्दु शर्मा, किसान नेता अन्जान लामालगायत नियमित महाधिवेशन पक्षधर युवा सहभागी थिए।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  ९ : ३० बजे

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा

कांग्रेसले आयोजना गरेको महिला दौड (तस्बिरहरु)

काठमाडौँ– नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसको अवसरमा शनिबार ललितपुरमा

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय