महिला भलिबल प्रतियोगिता : एपिएफ र पुलिस विजयी « Khabarhub

महिला भलिबल प्रतियोगिता : एपिएफ र पुलिस विजयी


१८ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको आजको पहिलो खेलमा एपिएफ क्लब विजयी बनेको छ ।

एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको हो । एपिएफले १५–२५, १८–२५ र १८–२५ अङ्कले तीन सेटमा आर्मीलाई पराजित गरेको थियो भने आर्मीले २२–२५ अङ्कले एउटा सेट आफ्नो पक्षमा पारेको थियो । खेलको ‘प्लेयर अफ दी म्याच’ एपिएफकी सृष्टि खड्गी भइन् । उनलाई नगद रु पाँच हजार र ट्रफी प्रदान गरिएको छ ।

यसैगरी आजको दोस्रो खेलमा न्यू डायमन्ड क्लबलाई हराउँदै नेपाल पुलिस विजयी भयो । पुलिसले न्यू डायमन्डलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । खेलको ‘प्लेयर अफ दी म्याच’ पुलिसकी रिमा कुँवर भइन् । उनलाई नगद रु पाँच हजार र ट्रफी प्रदान गरिएको छ ।

शुक्रबार पहिलो खेल एभरेस्ट भलिबल क्लब र त्रिभुवन आर्मी क्लबबीच हुने छ भने दोस्रो खेल कोशी प्रदेश भलिबल टोली र नेपाल पुलिस क्लबबीच हुनेछ । प्रतियोगितामा सहभागी ६ टोलीलाई दुई समूहमा बाँडिएको छ । अर्जुनधारा–६ स्थित लक्ष्मी माविको मैदानमा जारी प्रतियोगिताको फाइनल खेल मङ्सिर २१ गते हुनेछ । प्रतियोगिताको विजेताले रु दुई लाख, दोस्रोले रु एक लाख तथा तेस्रो र चौथो हुने टोलीले समान रु ३० हजार पुरस्कार पाउने आयोजक नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले बताए ।

त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले रु १५ हजार पाउँदा, प्रत्येक दिनको ‘प्लेयर अफ दी म्याच’ले रु पाँच हजार र ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट सेटर र बेस्ट लिबरोले रु १० हजार र ट्रफी प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  ९ : ४४ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको