महिला भलिबल प्रतियोगिता : एपिएफ र पुलिस विजयी « Khabarhub

महिला भलिबल प्रतियोगिता : एपिएफ र पुलिस विजयी


१८ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

झापा – झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको आजको पहिलो खेलमा एपिएफ क्लब विजयी बनेको छ ।

एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको हो । एपिएफले १५–२५, १८–२५ र १८–२५ अङ्कले तीन सेटमा आर्मीलाई पराजित गरेको थियो भने आर्मीले २२–२५ अङ्कले एउटा सेट आफ्नो पक्षमा पारेको थियो । खेलको ‘प्लेयर अफ दी म्याच’ एपिएफकी सृष्टि खड्गी भइन् । उनलाई नगद रु पाँच हजार र ट्रफी प्रदान गरिएको छ ।

यसैगरी आजको दोस्रो खेलमा न्यू डायमन्ड क्लबलाई हराउँदै नेपाल पुलिस विजयी भयो । पुलिसले न्यू डायमन्डलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । खेलको ‘प्लेयर अफ दी म्याच’ पुलिसकी रिमा कुँवर भइन् । उनलाई नगद रु पाँच हजार र ट्रफी प्रदान गरिएको छ ।

शुक्रबार पहिलो खेल एभरेस्ट भलिबल क्लब र त्रिभुवन आर्मी क्लबबीच हुने छ भने दोस्रो खेल कोशी प्रदेश भलिबल टोली र नेपाल पुलिस क्लबबीच हुनेछ । प्रतियोगितामा सहभागी ६ टोलीलाई दुई समूहमा बाँडिएको छ । अर्जुनधारा–६ स्थित लक्ष्मी माविको मैदानमा जारी प्रतियोगिताको फाइनल खेल मङ्सिर २१ गते हुनेछ । प्रतियोगिताको विजेताले रु दुई लाख, दोस्रोले रु एक लाख तथा तेस्रो र चौथो हुने टोलीले समान रु ३० हजार पुरस्कार पाउने आयोजक नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले बताए ।

त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले रु १५ हजार पाउँदा, प्रत्येक दिनको ‘प्लेयर अफ दी म्याच’ले रु पाँच हजार र ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट सेटर र बेस्ट लिबरोले रु १० हजार र ट्रफी प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  ९ : ४४ बजे

धादिङ १ मा आशिकालाई रास्वपाको टिकट, कमेडियन हिमेश ‘आउट’

काठमाडौं- सामाजिक अभियन्ता आशिका तामाङलाई राष्ट्रिय स्वतन्त्र पार्टीले धादिङ क्षेत्र

पोर्चुगल राष्ट्रपति चुनाव : कट्टर–दक्षिणपन्थी भेन्टुरा रनअफमा

एजेन्सी – कट्टर–दक्षिणपन्थी लोकप्रियतावादी दलका नेता आन्द्रे भेन्टुराले आइतबार सम्पन्न

योगेशले भने : एमालेलाई जिताउन सबै जुटौँ, ओलीसँग फागुनको चुनावपछि कुरा गरौँला

काठमाडौं– नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले एकताबद्ध भएर निर्वाचनमा जुट्न

करिब ६२ करोडको लागतमा भक्तपुर अस्पतालको भवन बन्दै

भक्तपुर– बागमती प्रदेश सरकारको सहयोगमा भक्तपुर अस्पताल परिसरमा आधुनिक एवं

अनशनरत स्वास्थ्यकर्मी र सरकारबीच पाँच बुँदे सहमति 

काठमाडौं– स्वास्थ्यकर्मीको आमरण अनशन सरकारसँगको पाँच बुँदे सहमतिपछि आइतबार साँझ