आज २०८१ साल पुस २१ गते आइतबारको राशिफल « Khabarhub

आज २०८१ साल पुस २१ गते आइतबारको राशिफल


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल पुस २१ गते आइतबार तदनुसार सन् २०२५ जनवरी ५ तारिख। पुस शुक्ल पक्षको षष्ठी तिथि। गुरु गोविन्द सिंह जयन्ती। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। थोरै लगानीबाट राम्रो फाइदा हुनेछ। व्यापारमा गरेको लगानीबाट नाफा हुनेछ। शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुनेछ। स्वास्थ्यमा सुधार हुने दिन छ। राज्यको कर्मचारी हुनुहुन्छ भने बढुवा हुनेछ।

वृष : बौद्धिक व्यक्तिले आक्रमण गर्ने जोखिम छ। काममा मेहनतका साथ अगाडि बढ्नुपर्ने देखिन्छ। साथीसँगको सहकार्यले व्यापारमा फाइदा हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।

मिथुन : बौद्धिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। पुराना साथीसँगको भेटले मन शान्त बन्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। चिसोबाट बचेर काम गर्नुपर्ने दिनछ। परिवारमा झगडा हुने जोखिम देखिन्छ।

कर्कट : सोचेका काममा अवरोध सिर्जना हुनेछ। साथी नै विपक्षी कित्तामा पुगेकाले काम गर्दा सचेत बन्नुपर्नेछ। स्वास्थ्यमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

सिंह : दिन राम्रो छ। साथीभाइको साथ र सहयोग प्राप्त हुनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा विशेष ध्यान दिनुपर्नेछ।

कन्या : दैनिक काममा मेहनतको आवश्यकता देखिन्छ। अर्काले गरिदिन्छ भनेको काम पनि तपाईंले नै गर्नुपर्नेछ। कृषि र फलफूलको व्यापारमा फाइदा हुनेछ। परिवारमा कर्तव्य पूरा नगर्दा संकट पर्नसक्छ।

तुला : शिक्षामा गरेको लगानीबाट जोस र जागर बढ्नेछ। निजी क्षेत्रमा लगानी गरेको भए राम्रो आम्दानी हुनेछ। राज्यको उच्च तहबाट सहयोग प्राप्त हुनेछ। राजनीतिक नियुक्त खाने सम्भावना देखिन्छ। परिवारसँगको सम्बन्ध सामान्य ढंगले अगाडि बढ्नेछ।

वृश्चिक : दिन सामान्य छ। दैनिक काममा अवरोध सिर्जना हुनेछ। दैनिकी सहज बन्नेछ। ठुला काममा हात तलगाउनु राम्रो हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

धनु : दिन सामान्य राम्रो छ। राज्यको तर्फबाट साथ र सहयोग प्राप्त हुनेछ। देशमा रहेका गलत कामविरुद्ध बोल्ने अवसर प्राप्त हुनेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मकर : सञ्चित धन खर्च हुनेछ। धन खर्च भए पनि नाम र इज्जत बढ्नेछ। दाजुभाइसँगको सहकार्यले व्यापारमा फाइदा हुनेछ। परिवारलाई बढी विश्वास गर्दा धोका हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ।

कुम्भ : तपाईंको राशिमा चन्द्रमा पुगेका छन्। शुभ ग्रहको फल प्राप्त हुनेछ। व्यापारमा भन्दा राज्यका महत्त्वपूर्ण अंगमा सेवाको अवसर प्राप्त हुनेछ। धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ।

मीन : दिन समान्य छ। हरेक काममा अवरोध भए पनि मेहनतको फल प्राप्त हुनेछ। स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ मिल्दा प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ५ : ३० बजे

अष्ट्रेलियाकी विदेशमन्त्रीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई

 काठमाडौं– अष्ट्रेलियाले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई पदभार सम्हालेकोमा बधाई दिएको

रवि–ज्ञानेन्द्रबीच भेट, उपसभामुखमा सहकार्यको संकेत

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) का सभापति रवि लामिछाने र

लेबनान द्वन्द्वको असर, संयुक्त राष्ट्र क्षेत्रका कर्मचारी जोखिममा

एजेन्सी– लेबनानको दक्षिणी क्षेत्रमा शुक्रबार भएको विस्फोटमा इन्डोनेसियाका तीन कर्मचारी

अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्प : ८ जनाको मृत्यु

एजेन्सी– अफगानिस्तानमा शुक्रबार साँझ ५.८ म्याग्निच्युडको भूकम्प गएको छ ।

गाजा व्यवस्थापनका लागि हमासको नयाँ पहल

गाजा– हमासले शुक्रबार गाजा पट्टीको व्यवस्थापन र युद्धविराम सम्झौताको पहिलो