आज २०८१ साल पुस २१ गते आइतबारको राशिफल | Khabarhub Khabarhub

आज २०८१ साल पुस २१ गते आइतबारको राशिफल


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल पुस २१ गते आइतबार तदनुसार सन् २०२५ जनवरी ५ तारिख। पुस शुक्ल पक्षको षष्ठी तिथि। गुरु गोविन्द सिंह जयन्ती। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। थोरै लगानीबाट राम्रो फाइदा हुनेछ। व्यापारमा गरेको लगानीबाट नाफा हुनेछ। शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुनेछ। स्वास्थ्यमा सुधार हुने दिन छ। राज्यको कर्मचारी हुनुहुन्छ भने बढुवा हुनेछ।

वृष : बौद्धिक व्यक्तिले आक्रमण गर्ने जोखिम छ। काममा मेहनतका साथ अगाडि बढ्नुपर्ने देखिन्छ। साथीसँगको सहकार्यले व्यापारमा फाइदा हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।

मिथुन : बौद्धिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। पुराना साथीसँगको भेटले मन शान्त बन्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। चिसोबाट बचेर काम गर्नुपर्ने दिनछ। परिवारमा झगडा हुने जोखिम देखिन्छ।

कर्कट : सोचेका काममा अवरोध सिर्जना हुनेछ। साथी नै विपक्षी कित्तामा पुगेकाले काम गर्दा सचेत बन्नुपर्नेछ। स्वास्थ्यमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

सिंह : दिन राम्रो छ। साथीभाइको साथ र सहयोग प्राप्त हुनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा विशेष ध्यान दिनुपर्नेछ।

कन्या : दैनिक काममा मेहनतको आवश्यकता देखिन्छ। अर्काले गरिदिन्छ भनेको काम पनि तपाईंले नै गर्नुपर्नेछ। कृषि र फलफूलको व्यापारमा फाइदा हुनेछ। परिवारमा कर्तव्य पूरा नगर्दा संकट पर्नसक्छ।

तुला : शिक्षामा गरेको लगानीबाट जोस र जागर बढ्नेछ। निजी क्षेत्रमा लगानी गरेको भए राम्रो आम्दानी हुनेछ। राज्यको उच्च तहबाट सहयोग प्राप्त हुनेछ। राजनीतिक नियुक्त खाने सम्भावना देखिन्छ। परिवारसँगको सम्बन्ध सामान्य ढंगले अगाडि बढ्नेछ।

वृश्चिक : दिन सामान्य छ। दैनिक काममा अवरोध सिर्जना हुनेछ। दैनिकी सहज बन्नेछ। ठुला काममा हात तलगाउनु राम्रो हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

धनु : दिन सामान्य राम्रो छ। राज्यको तर्फबाट साथ र सहयोग प्राप्त हुनेछ। देशमा रहेका गलत कामविरुद्ध बोल्ने अवसर प्राप्त हुनेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मकर : सञ्चित धन खर्च हुनेछ। धन खर्च भए पनि नाम र इज्जत बढ्नेछ। दाजुभाइसँगको सहकार्यले व्यापारमा फाइदा हुनेछ। परिवारलाई बढी विश्वास गर्दा धोका हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ।

कुम्भ : तपाईंको राशिमा चन्द्रमा पुगेका छन्। शुभ ग्रहको फल प्राप्त हुनेछ। व्यापारमा भन्दा राज्यका महत्त्वपूर्ण अंगमा सेवाको अवसर प्राप्त हुनेछ। धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ।

मीन : दिन समान्य छ। हरेक काममा अवरोध भए पनि मेहनतको फल प्राप्त हुनेछ। स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ मिल्दा प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ५ : ३० बजे

राष्ट्रियताको पक्षमा दृढतापूर्वक बोल्ने पार्टी एमाले मात्रै हो : ईश्वर पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको भौतिक

खोलामा डुबेर बालिकाको मृत्यु

मध्यविन्दु – नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–५ देउरालीस्थित खोलामा

पतञ्जलि प्रकरणबारे माधव नेपालले भने : अदालतबाट न्याय पाउने विश्वास छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

यस्तो देखियो ‘बलिदान’मा सौगात मल्लको लुक्स

काठमाडौं – निर्देशक तथा निर्माता सन्तोष सेनको महत्वकांक्षी फिल्म ‘बलिदान’का