कार्यकालको अन्तिममा इजरायलमा थप हतियार पठाउने बाइडेनको योजना « Khabarhub

कार्यकालको अन्तिममा इजरायलमा थप हतियार पठाउने बाइडेनको योजना


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकी विदेश मन्त्रालयले काँग्रेसलाई ८ अर्ब अमेरिकी डलर बराबरको सैन्य सामग्री इजरायललाई बिक्री गर्ने बारे जानकारी गराएको छ।

मिसाइल सेल र अन्य युद्ध सामग्री बिक्री गर्नका लागि संसद्को समर्थन आवश्यक छ। बाइडेनले राष्ट्रपति कार्यालय छाड्ने दुई साता अघि यो योजना बनाएका हुन्।

अगस्ट महिनामा मात्र अमेरिकी संसदमा २० अर्ब बराबरकारे सैन्य सामग्री बिक्रीको प्रस्ताव पास भएको थियो।

अहिले हवाई मिसाइललगायत सामग्री वितरणको योजना बनाइएको छ।

इजरायलसँग आफ्नो भूमि र नागरिकको रक्षा गर्ने अधिकार भएको जिकिर गर्दै राष्ट्रपति जो बाइडेनले निरन्तर सहयोगको योजना अघि बढाएका हुन्।

संसारकै सबै भन्दा परिष्कृत हतियार बनाउने गरेको अमेरिकाले इजरायलमा सबै भन्दा धेरै हतियार उपलब्ध गराउने गरेको छ।

सन् २०१९ देखि २०२३ को इजरायलमा कुल ६९ प्रतिशत सैन्य सामग्री अमेरिकाबाट पुगेको स्कटहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटको अध्ययनले देखाएको छ।

सन् २०२४ को मे मा इजरायलले रफाहमा गरेको जमिन आक्रमणमा असहमति जनाउँदै हतियार पठाउन बन्द गरेको थियो।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ६ : २८ बजे

को हुन् नेपाली महिला राष्ट्रिय क्रिकेट टिमका विदेशी प्रशिक्षक हर्षल पाठक ?

काठमाडौं– नेपाली महिला राष्ट्रिय क्रिकेट टिमका लागि इतिहासमा पहिलोपटक विदेशी

एमालेमा स्वास्थ्य प्रतिस्पर्धा भइरहेछ : पदम गिरी

काठमाडौं– नेकपा एमाले केन्द्रीय सदस्यका उम्मेदवार पदम गिरीले एमालेको ११औँ

सिभिल इन्जिनियर लोहनी व्यावसायिक कागतीखेतीमा व्यस्त

दाङ– घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीकराज लोहनीले प्राङ्गारिक विधिमा आधारित भएर

इलेक्ट्रोनिक सिस्टमले प्रतिनिधिलाई मतदान गर्न समस्या : ओलीलाई ५५ मिनेट लाग्यो

काठमाडौं – एमालेको ११ औँ महाधिवेशनमा पाका नेतालाई मतदानमा समस्या

टनकपुर ब्यारेजबाट छिट्टै पानी पाउनेमा विश्वस्त छौं : मन्त्री कुलमान घिसिङ

कञ्चनपुर – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात