‘पेज टर्नर’ले एकसाथ ल्यायो चार कृति « Khabarhub

‘पेज टर्नर’ले एकसाथ ल्यायो चार कृति


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पेज टर्नर प्रकाशनले अंग्रेजी नयाँ संवतको अवसर पारेर चार वटा कृति प्रकाशनमा ल्याएको छ ।

प्रकाशित कृतिहरुमा गोविन्दराज भट्टराईको उपन्यास ‘नयाँ मुगलान’, जयराम तिमल्सिनाको उपन्यास ‘धीमहि’, प्रतीक ढकालको नियात्रा ‘गण्डकीको मुहानतिर’को दोस्रो संस्करण तथा सर्जक ढकालकै छन्दोबद्ध बालकाव्य ‘हाम्रै राम्रा हिमाल’ छन् । 

२०३१ सालमा बजारमा आएको भट्टराईको उपन्यास ‘मुगलान’ प्रकाशनको आधा शताब्दीपछि ‘नयाँ मुगलान’ प्रकाशित भएको छ । 

विगत पाँच दशकमा नेपालीहरूको मुगलाने प्रवृत्ति कायमै रहेको, तर मुगलान भने फेरिएर विश्वभरि फैलिएको सन्दर्भमा रित्तिँदै र एक्लिँदै गएको नेपाली गाउँघरको दुःख यस उपन्यासले समेटेको छ ।

जयराम तिमल्सिनाको पहिलो उपन्यास ‘धीमहि’ ले आन्तरिक र बाह्य द्वन्द्वको कुचत्रमा फसेका पात्रहरूले मुक्तिका लागि अख्तियार गरेका अल्पकालीन र दीर्घकालीन मार्गहरूको तुलनात्मक प्रस्तुति समेटेको छ ।

ढकालको ‘गण्डकीको मुहानतिर’ भने पहिलोपल्ट २०६८ सालमा छापिएको नियात्राकृति हो । कृतिमा मनास्लु यात्राको रोमाञ्चकारी चित्रण समेटिएको । 

उनको ‘हाम्रै राम्रा हिमाल’ भने बाल पाठकलाई लक्षित गरेर तयार पारिएको रङ्गीन, चित्रात्मक हिमाल–परिचय पुस्तक हो । यसमा ढकालले ८० वटा हिमालको परिचय बाल सुलभ र लयात्मक शैलीमा प्रस्तुत गरेका छन् ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  १ : १८ बजे

भारतमा निपाह बढ्दै गएपछि नेपालले जारी गर्‍यो आपतकालीन स्वास्थ्य निर्देशिका

काठमाडौं– भारतका केही राज्यमा निपाह भाइरसको संक्रमण बढ्दै जाँदा नेपालमा

रोहित शेट्टीको घरबाहिर मध्यरातमा चल्यो गोली

काठमाडौं– बलिउडका सफल फिल्म निर्देशक रोहित शेट्टीको मुम्बईस्थित घरबाहिर आइतबार

आर्थिक विषयलाई प्राथमिकता दिनुपर्नेमा अध्यक्षको ढकालको जोड

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दलका

टोखाबाट १९ लाख रुपैयाँ बराबरको धनमाल चोरी

काठमाडौं– टोखा नगरपालिका-३ बस्ने तिल सरा पुर्जाको घरबाट सुनका विभिन्न गरगहना

हत्या आरोपमा एकजना पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका-१० इखम्बु बस्ने ४७ वर्षीय लीला प्रसाद राईको हत्या