‘पेज टर्नर’ले एकसाथ ल्यायो चार कृति « Khabarhub

‘पेज टर्नर’ले एकसाथ ल्यायो चार कृति


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पेज टर्नर प्रकाशनले अंग्रेजी नयाँ संवतको अवसर पारेर चार वटा कृति प्रकाशनमा ल्याएको छ ।

प्रकाशित कृतिहरुमा गोविन्दराज भट्टराईको उपन्यास ‘नयाँ मुगलान’, जयराम तिमल्सिनाको उपन्यास ‘धीमहि’, प्रतीक ढकालको नियात्रा ‘गण्डकीको मुहानतिर’को दोस्रो संस्करण तथा सर्जक ढकालकै छन्दोबद्ध बालकाव्य ‘हाम्रै राम्रा हिमाल’ छन् । 

२०३१ सालमा बजारमा आएको भट्टराईको उपन्यास ‘मुगलान’ प्रकाशनको आधा शताब्दीपछि ‘नयाँ मुगलान’ प्रकाशित भएको छ । 

विगत पाँच दशकमा नेपालीहरूको मुगलाने प्रवृत्ति कायमै रहेको, तर मुगलान भने फेरिएर विश्वभरि फैलिएको सन्दर्भमा रित्तिँदै र एक्लिँदै गएको नेपाली गाउँघरको दुःख यस उपन्यासले समेटेको छ ।

जयराम तिमल्सिनाको पहिलो उपन्यास ‘धीमहि’ ले आन्तरिक र बाह्य द्वन्द्वको कुचत्रमा फसेका पात्रहरूले मुक्तिका लागि अख्तियार गरेका अल्पकालीन र दीर्घकालीन मार्गहरूको तुलनात्मक प्रस्तुति समेटेको छ ।

ढकालको ‘गण्डकीको मुहानतिर’ भने पहिलोपल्ट २०६८ सालमा छापिएको नियात्राकृति हो । कृतिमा मनास्लु यात्राको रोमाञ्चकारी चित्रण समेटिएको । 

उनको ‘हाम्रै राम्रा हिमाल’ भने बाल पाठकलाई लक्षित गरेर तयार पारिएको रङ्गीन, चित्रात्मक हिमाल–परिचय पुस्तक हो । यसमा ढकालले ८० वटा हिमालको परिचय बाल सुलभ र लयात्मक शैलीमा प्रस्तुत गरेका छन् ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  १ : १८ बजे

अमेरिका-इरान कूटनीतिक वार्ताको प्रयास, हर्मुजमा अझै खिचातानी

वासिङ्टन – अमेरिका र इरानबीच लगातार तेस्रो दिन पनि आक्रमण

विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

झापा– झापाको मेचीनगर नगरपालिका– ६ काँकरभिट्टास्थित अरुणोदय इङ्ग्लिस बोर्डिङ स्कुलको

झापामा घरेलु तथा साना उद्योगबाट करिब साढे दुई करोड राजस्व सङ्कलन

झापा– घरेलु तथा साना उद्योग कार्यालय झापाले गत आर्थिक वर्ष

मानव सेवा आश्रम चितवनबाट ११२ जना पुनःस्थापना

चितवन– मानव सेवा आश्रम चितवनले ११२ जनालाई पुनःस्थापना गरेको छ

अर्थमन्त्री वाग्लेले आज उद्योगपतिहरूसँग बजेट कार्यान्वयनबारे छलफल गर्दै

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज विभिन्न उद्योगका उद्योगपतिहरुसँग छलफल