धुम्बाराहीको पार्टी प्यालेसमा माओवादी बैठक (तस्बिरहरू) « Khabarhub

धुम्बाराहीको पार्टी प्यालेसमा माओवादी बैठक (तस्बिरहरू)


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक धुम्बाराहीमा सुरु हुँदैछ ।

तीन दिनसम्म पेरिस डाँडामा बसेको स्थायी समिति बैठकले आइतबार एजेन्डा तय गरेपछि धुम्बाराहीस्थित स्मार्ट दरबार बैङ्क्वेटमा केन्द्रीय समिति बैठक बसेको हो ।

केन्द्रीय समिति ति बैठकको अध्यक्षले पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेपछि समसामयिक विषयमा ब्रिफिङ गर्ने भएका छन् ।

‘अध्यक्षले बैठकको उद्घाटनपछि अहिलेको समसामयिक परिस्थितिबारे ब्रिफिङ गर्ने कार्यतालिका छ’, उपाध्यक्ष अग्नि सापकोटाले भने, ‘त्यसपछि सबै प्रदेशका अध्यक्षहरूले रिपोर्टिङ गर्नेछन् । त्यससलगत्तै बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदन पेश हुने छ ।’

सापकोटाका अनुसार तीन दिनसम्म बसेको स्थायी समिति बैठकमा संगठनात्मक सिद्धान्तबारे लामो छलफल भएको थियो ।

‘हामी अहिले मालेमावादकै सिद्धान्तलाई हामीले अपनाएर जान्छौँ । नयाँ पुस्तामा नयाँ प्रवृत्तिको विकास भएको निष्कर्ष निकालेका छौँ । अब युवाहरूलाई प्रशिक्षित गर्ने काम हुन्छ’, उनले भने, ‘नयाँ संगठनात्मक सिद्धान्तको विकास गर्ने गरी अब केन्द्रीय समितिमा छलफल हुन्छ ।’

सशस्त्र संघर्षपछि शान्ति प्रक्रियामा आएको माओवादीलाई अब नयाँ राजनीतिक कार्यदिशासहित अघि बढाउनेबारे कुरा भएको सापकोटाले बताए ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  १ : ३५ बजे

दसैँको मुख्य दिन आज, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

दसैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दसैँको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट