लागूऔषध कारोबारको ‘हटस्पट’ सुदूरपश्चिम : ६ महिनामै समातिए ४ सय ३४ युवा | Khabarhub Khabarhub

लागूऔषध कारोबारको ‘हटस्पट’ सुदूरपश्चिम : ६ महिनामै समातिए ४ सय ३४ युवा


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिममा शुक्रबार एकै दिन प्रहरीले १३ जना युवालाई लागूऔषधसहित पक्राउ गरेको छ । प्रहरीले सुदूरपश्चिमको तीन जिल्ला उनीहरूलाई पक्राउ गरेको हो । 

कैलालीबाट १० जना, कञ्चनपुरबाट १ जना र डडेलधुराबाट २ जना गरी १३ जनालाई एकै दिन लागूऔषधसहित पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीले जानकारी दिएका छन् ।

खराब संगत र परिवारको बेवास्ताका कारण लागूऔषधको दलदलमा युवाहरू फस्दै गएको जानकारहरू बताउँछन् । एकै दिन १३ जना युवाहरू पक्राउ पर्नु राम्रो सन्देश नभएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम त्यसैमा कैलाली र कञ्चनपुर लागूऔषधको अखडा बन्दै गएको देखिन्छ । 

खुला सिमानाका र भारतीय बजारको प्रभाव प्रमुख कारण देखिए पनि युवाहरूमा बढ्दो तनाव, बेरोजगार समस्या र खराब संगतले भूमिका खेलेको छ । साउन यता ६ महिनाको अवधिमा मात्रै ४ सय ३४ जना युवाहरू लागूऔषधमा संलग्न भएकै कारण पक्राउ परेका छन् । भने यी मध्ये २ सय ९१ जनाले मुद्दा खेपिरहेका छन् । 

पुस २० गते लागु औषधसहित कैलालीमा पक्राउ परेका १० जना युवाहरू ।

पक्राउ परेकामध्ये सबैभन्दा बढी कैलालीका छन् । कञ्चनपुर र दार्चुलामा पनि बढी देखिन्छन् । यी तीनवटै भारतसँग जोडिएका जिल्ला हुन् । ६ महिनाको अवधिमा कैलालीमा मात्रै २ सय ९८ जना पक्राउ परेका छन् । कञ्चनपुरमा ९२ जना र दार्चुलामा १६ जना छन् ।

त्यसपछि क्रमशः डडेलधुरा ७ जना, अछाम ६ जना, बैतडी ६ जना, बाजुरा ५ जना, बझाङ ४ जना पक्राउ परेका छन् । डोटीमा भने लागूऔषधकै कारण कोही पक्राउ परेको तथ्यांक प्रदेश प्रहरी कार्यालयसँग छैन ।

पक्राउ परेकामध्ये अधिकांश १६ देखि २५ वर्ष उमेर समूहका रहेको प्रहरीले बताएको छ । विद्यालय उमेर समूहका युवाहरू नै बढी संलग्न देखिएको प्रहरी उपरीक्षक कार्कीले बताएका छन् । पक्राउ परेका २२ जना महिला छन् । जसमा एकजना भारतीय नागरिक पनि छन् ।

गत वर्षको तुलनामा यो वर्ष लागुऔषध ओसारपसार बढ्दो क्रममा देखिएको छ । गत वर्ष १२ महिनाको अवधिमा ७ सय ९६ जना पक्राउ गरिएकामध्ये ५ सय ४५ जनाविरुद्ध मुद्दा दर्ता गरिएको थियो ।

पक्राउ पर्नेहरूबाट चरेश, गाँजा र हेरोइन बरामद हुने गरेको प्रहरी विवरणमा छ । सुदूरपश्चिमका पहाडी जिल्लामा चरेश र गाँजा बोकेका युवाहरू बढी पक्राउ पर्ने गरेका छन् । तराईका जिल्लामा हेरोइन भेटिने गरेको छ । यो सबै भारतबाटै निर्यात हुने गरेको प्रहरी उपरीक्षक नवराज कार्कीले बताएका छन् । खुलानाका प्रमुख समस्या भए पनि परिवारको नियन्त्रण बाहिरका युवाहरूले जोखिम निम्त्याएको देखिन्छ । 

प्रहरीले ६ महिनाको अवधिमा ५६ किलो गाँजा, ३ सय ५७ ग्राह चरेश र ४ सय ९८ ग्राम हिरोइन बरामद गरेको छ । बाजुरा जिल्लामा समेत भारतबाट लुकाएर लिएको खैरो हिरोइनसहित १ जना माथि मुद्दा चलिरहेको छ । लागूऔषधमा संलग्न युवाहरूले आफूसँगै आफन्त, नजिकका साथीलाई समेत खुवाएर र लत बसाई जीवन बर्बाद पार्ने गरेको देखिन्छ । 

सामाजिक रूपमा सबैको साथ र सहयोगले मात्र कुलतमा लागेकालाई सही बाटोमा ल्याउन सकिने प्रहरी अधिकारीहरू बताउँछन् । ‘यो दिनप्रतिदिन बढिरहेको देखिन्छ, नियन्त्रणमा प्रहरी एक्लैको प्रयास मात्रै सम्भव छैन, समाज, परिवार र सबै जिम्मेवार हुनु पर्छ’, प्रहरी उपरीक्षक नवराज कार्की भन्छन् ।

युवा पक्राउको क्रमलाई हेर्दा सुदूरपश्चिम लागूऔषध प्रयोगकर्ता र कारोबारीको हटस्पट बन्दै गएको छ । विशेषगरी कैलाली र कञ्चनपुरमा लागुऔषध प्रयोगकर्ता र कारोबारी बढिरहेका छन् । सुदूर पहाडमा पनि यसको प्रभाव उत्तिकै छ । तर यसको नियन्त्रणमा प्रहरी सफल हुन सकेको छैन । 

उसो त कानुनी अड्चन पनि छ । लागूऔषधसम्बन्धी कानुनले प्रयोगकर्तालाई बढीमा ९० दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ । त्यसपछि सुधार केन्द्र पठाउनुपर्ने प्रावधान भए पनि नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको देखिँदैन । यता सबै प्रयोगकर्ता सुधार केन्द्रमा जाने गरेका छैनन् । 

प्रहरी नियन्त्रणबाट छुटेकाहरू पुनः लागूऔषध प्रयोगमा नै संलग्न हुन थालेपछि नियन्त्रणमा चुनौती देखिएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ । 

विशेष गरी खैरो हेरोइन, नाइट्रभेट लगायतका लागूऔषध भारतबाट आयात हुने गरेका छन् । गाँजा र चरेश नेपालकै बाजुरा, बझाङ, दार्चुला लगायत जिल्लामा पाइने गरेको छ ।

लागुऔषधकै कारण धेरैका परिवार भत्किएका, घरबार बिग्रिएका र पारिवारिक रूपमा तनाव बढेको अवस्था छ । केही गर्ने जोश जाँगर भएकै युवाहरूले भविष्य बर्बाद पारिरहेका छन् । लागूऔषधको लत बसेपछि छुटाउनै मुस्किल पर्ने भएकाले धन र स्वास्थ्य दुवैमा असर परेको छ ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ६ : ५८ बजे

शान्तिप्रक्रिया टुङ्ग्याउन कांग्रेस र एमालेसँग कुरा गर्छु – प्रचण्ड

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

चीनमा फेरि अर्को भूकम्प

काठमाडौं- चीनमा बुधबार अर्को भूकम्प गएको छ । चीनको चिङ्हाइमा

चिसोले विद्यार्थी कठ्याङ्ग्रिन थालेपछि महोत्तरीका पाँच पालिकामा विद्यालय बन्द

महोत्तरी – विगत तीन दिनदेखि एक्कासि जाडो बढेपछि जिल्लाका पाँच

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा फोहोर पानीका जार नष्ट

काठमाडौं– खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चन्द्रागिरि नगरपालिकामा पानी

मायादेवी मन्दिरमा दोस्रोपटक दान गणना, एक करोड ४३ लाख सङ्कलन

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा राखिएको दानपेटिकाबाट एक करोड