नेप्सेको आइटीमा छिद्र : कार्यालयकै कर्मचारीले सेयर बेचेको भेटियो « Khabarhub

नेप्सेको आइटीमा छिद्र : कार्यालयकै कर्मचारीले सेयर बेचेको भेटियो


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को डाटा सुरक्षामाथि शंकास्पद प्रश्न उब्जिएको छ । नेप्सेकै उच्चपदस्थ कर्मचारीले युजर आइडी प्रयोग गरेर सेयर बिक्री गरेको तथ्य बाहिरिएको छ ।

नेप्सेका उच्चपदस्थ कर्मचारीले आफ्नै नाममा टीएमएस एकाउन्टबाट सेयर बेचेको पाइएको हो । यसरी कर्मचारीले डाटा प्रणालीभित्र प्रवेश गरेर कारोबार गरेपछि आम सर्वसाधारणले सेयर मार्केटमा कसरी विश्वास गर्ने र लगानी गर्ने भन्ने प्रश्न उत्पन्न भएको छ ।

नेप्सेमा सीईओपछिको दोस्रो बरियतामा रहेका निरञ्जन फुँयालले समेत नेप्सेको डाटा प्रणालीभित्रबाट ब्रोकर नम्बर ५० मार्फत सेयर कारोबार गरेको तथ्य फेला परेको छ ।

फुँयालले क्लाइन्ट नम्बर कोड अर्थात युजर आइडी एनपी ५२६०६९ प्रयोग गरेर सन् २०२१ अप्रिल २९ तारेखका दिन ११ बजेर ५३ मिनेटमा उक्त डेढ लाख बराबरको सेयर कारोबार गरेका हुन् ।

के भन्छन् नेप्सेका कर्मचारी ?

यस सन्दर्भमा खबरहबले नेप्सेका डेपुटी सिइयोसँग जिज्ञासा राख्दा उनले नेप्सेका कर्मचारीले आईपीओ भनाए पाइने दाबी गरे । उनले भने, ‘हामीले आईपीओ भर्न पाइन्छ । आईपीओबाट आएको शेयर बेच्न पाइन्छ । दोस्रो बजारमा किन्न पाइँदैन त्यति हो ।’

तपाईले यो शेयर किनेको हो कि आईपीओ हो भन्ने प्रश्नमा उनी भन्छन्, ‘मैले कहाँ किनेको छु, त्यो सबै आईपीओ हो । यस्तो हावा हावा कुरा गरेर हुँदैन, मैले आईपीओ बाहेक अरु शेयर आएको छैन । आईपीओको शेयर बेच्न पाइन्छ । त्यो (ब्रोकर ५० वाला) आईपीओको शेयर हो ।’

नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीको तर्क छ, ‘नेप्सेमा जोडिनु भन्दा अगाडि नै किनेको रहेछ भने नेप्सेका कर्मचारीले आईपीओमा परेको शेयर बेच्न पाउँछ । नेप्सेमा जोडिएपछि भने ब्रोकर लगाएर दोस्रो बजारमा किन्न चाहिँ पाइँदैन ।’
उनी भन्छन्, ‘प्राथमिक बजारमा किन्न पाइन्छ, प्राथमिक बजारमा किनेको शेयर त दोस्रो बजारमा बेच्नैप¥यो । आईपीओ हो भने बेच्न पाइन्छ ।’

फुयाल र पराजुलीले नेप्सेका कर्मचारीले आइपीओ बेच्न पाउने तर्क गरे पनि नेप्सेको आइटी कम्पनीमै कार्यरत अर्का एक कर्मचारी चाहिँ नेप्सेका कर्मचारीले आफू वा आफ्नो परिवारको सदस्यलाई समेत लगाएर सेयर कारोबार गर्न नहुने र त्यसो गर्दा स्वार्थ बाझिने बताउँछन् ।

स्रोतले खबरहबसँग भन्यो, ‘नेप्सेका कर्मचारीले डाटा इन्ट्रीको पहुँचभित्रै प्रवेश गरेर सेयर कारोबार गर्नै पाइन्न । यो सिधै स्वार्थ बाझिने गैरकानूनी भित्री कारोबार हो ।’

के भन्छ धितोपत्रसम्बन्धी कानून ?

धितोपत्र सम्बन्धी ऐन २०६३ (०७४ को संशोधन) ले स्वार्थ बाझिने गरी गरिएको कारोबारलाई दण्डनीय मानेको छ । ऐनको दफा ९१ र ९२ ले धितोपत्रको भित्री कारोबारमा संलग्न हुने व्यक्तिका बारेमा बताएको छ ।

त्यस्तो भित्री कारोबारमा गलत तरिकाले संलग्न हुने व्यक्ति वा कर्मचारीलाई एक वर्षसम्म कैद र डेढलाख रुपैयाँसम्म जरिवाना हुने भनिएको छ । ऐनको यो व्यवस्था ०६३ सालदेखि नै लागू भएको हो ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ५ : १९ बजे

पोखराको खोलाघरमा बनेका अवैध संरचना हटाइँदै

कास्की– पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्केखोलाको खोलाघरभित्र बनेका

अय्यरको शतकमा पञ्जाबको सानदार जित

काठमाडौँ – श्रेयस अय्यरको सानदार अविजित शतकको मद्दतले पञ्जाब किङ्सले

वीरगञ्जबाट १० महिनामा करिब ८ खर्बको सामान भित्रियो

वीरगन्ज– वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्ष (आव)को १०

एसईईमा उत्कृष्ट विद्यार्थीलाई ल्यापटपसहित सम्मान

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिकाले शैक्षिकसत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा

काभ्रेको पाँचखालमा साप्ताहिक कृषि हाटबजार सञ्चालन

काभ्रेपलाञ्चोक– काभ्रेको पाँचखाल नगरपालिकाले साप्ताहिक कृषि हाटबजार सुरु गरेको छ