भीम रावलको निष्कासन र दुई नेतृको निलम्बन एमालेद्वारा अनुमोदन « Khabarhub

भीम रावलको निष्कासन र दुई नेतृको निलम्बन एमालेद्वारा अनुमोदन


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबारदेखि सुरु नेकपा (एमाले) केन्द्रीय कमिटीको आठौं बैठकले पूर्वउपाध्यक्ष डा. भीम रावललाई पार्टीबाट निष्कासन गर्ने पुस ११ गतेको सचिवालय बैठकको निर्णयलाई अनुमोदन गरेको छ।

आइतबारको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वउपाध्यक्ष रावल, स्थायी कमिटी सदस्य डा. बिन्दा पाण्डे केन्द्रीय कमिटी सदस्य उषाकिरण तिमल्सेनाको कारबाहीलाई सर्वसम्मत अनुमदोन गरिएको जानकारी दिए ।

‘बैठकमा राजनीतिक प्रतिवेदनसहित साङ्गठनिक कामको जानकारी, राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकपछि भएका केन्द्रीय सचिवालय र पोलिटब्युरो बैठकका निर्णय प्रस्तुत गरेर पारित भएका छन्’, गौतमले भने, ‘पार्टीका नेताहरूमाथि भएको कारबाहीलाई पनि बैठकले सर्वसम्मत पारित गरेको छ ।’

दशौँ महाधिवेशनमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका तत्कालीन उपाध्यक्ष रावललाई एमालेले पार्टीबाटै निकालेको छ । उनलाई पार्टीविरोधी गतिविधि गरेको भन्दै पुस ११ गतेदेखि च्यासलको ढोका बन्द गरिएको हो ।

उता असोज २५ गते कीर्तिपुरमा शिलान्यास गरिएको केन्द्रीय कार्यालय भवन निर्माणको विरोधमा बवलेपछि पाण्डे र तिम्सेनालाई कारबाही गरिएको थियो । व्यवसायी मीनबहादुर गुरुङले दिएको १० रोपनी जग्गामा भवन शिलान्यास गरिएपछि यी दुई नेतृले सार्वजनिक रुपमा विरोध गरेका थिए । उनीहरूलाई सचिवालयले ६ महिनाका लागि गरेको निलम्बनलाई केन्द्रीय कमिटीले अनुमोदन गरेको हो ।

दुई नेतृमाथिको कारबाही उल्टिन सक्ने चर्चा यसअघि गरिएको थियो । तर अध्यक्ष ‌ओलीले आफूले गरेको कारबाहीमा केन्द्रीय कमिटीलाई पनि सहमत गराएर अनुमोदन गराएका हुन् ।

यो बैठकमा अध्यक्ष ओलीले ४३ पृष्ठे लिखित राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै ओलीले नयाँ राजनीतिक कोर्स–एमाले र नेपाली काङ्ग्रेससँगको गठनबन्धनको आवश्यकता, औचित्य र अवसर, गठनबन्धनपछिका ६ महिना लगाएतबारे स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ६ : १६ बजे

होर्मुज जलडमरूमध्ये पुनः खोल्न इरान आफ्ना सर्तमा अडिग

तेहरान– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण

तटबन्ध निर्माणका निम्ति तत्काल दुई करोड निकासा हुने 

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरको सूर्यविनायक नगरपालिका –४

मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न

काठमाडौं– मध्यपुर थिमिमा मनाइने ऐतिहासिक तथा परम्परागत म्ये प्वा खनेगु’

अन्नपूर्ण, मनास्लु र गौरीशङ्कर संरक्षण क्षेत्रमा पदयात्राका लागि नयाँ नियम र पूर्वसतर्कता लागू

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले भारी