क्याम्पस प्रमुखको दौडमा रहेका प्राध्यापकलाई ‘बौद्धिक चोरी’ आरोप « Khabarhub

क्याम्पस प्रमुखको दौडमा रहेका प्राध्यापकलाई ‘बौद्धिक चोरी’ आरोप


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सानोठिमी क्याम्पसक प्रमुखको दौडमा रहेका एकजना प्राध्यापकलाई बौद्धिक चोरीको आरोप लागेको छ।

त्रिभुवन विश्वविद्यालयले मेरिटोक्रेसीमार्फत् क्याम्पस प्रमुख नियुक्तिका लागि अन्तिम सिफारिसमा परेका डा. पूर्णबहादुर लामिछानेलाई ‘बौद्धिक चोरी’को आरोप लागेको हो ।

लामिछानेले आफ्नो एक अनुसन्धानमूलक लेखमा एकजना विदेशी लेखकको नाममा प्रकाशित लेखबाट हुबहु सारेर बौद्धिक चोरी गरेको आरोप लागेको हो ।

त्रिवि उपकुलपति केशरजंग बरालले सानोठिमी क्याम्पस प्रमुख छनौटका लागि अल्पसूचीमा राखिएका अन्तिम ५ जनामध्ये लामिछानेको पनि नाम छ ।

अल्पसूची तयार पार्दा वरिष्ठ र विद्वान प्राध्यपक तथा सह-प्राध्यपकलाई वेवास्ता गरेको आरोप पनि लागेको छ। वरिष्ठलाई छाडेर अन्यलाई अल्पसूचीमा राखिनुले मेरिटोक्रेसी प्रणालीको धज्जी उडाएको प्राध्यापकहरूले बताइरहेका छन् ।

क्याम्पस प्रमुखको अल्पसूची प्रकाशन भएसँगै लामिछानेले ६ वर्षअघि सन् २०१८ मा गरेको बौद्धिक चोरीको कुरा बाहिरिएको हो ।

क्याम्पस प्रमुखका लागि प्रा.डा. विनोद लुइँटेल, सहप्राध्यापक दीनानाथ पण्डित, सहप्राध्यापक जगत पौडेल लगायत ११ जनाको आवेदन परेको थियो।

तर वरिष्ठ र अनुभवी प्राध्यापकलाई बेवास्ता गरेर कनिष्ट र बौद्धिक चोरी आरोप लागेका उपप्राध्यापकलाई अल्पसूचीमा छनोट गरिँदा त्रिविको मेरिटोक्रेसीमाथि प्रश्न उठेको एक प्राध्यापकले बताए ।

के हो प्रकरण ?

लामिछाने माथिसम्म बलियो राजनीतिक पहुँच भएका प्राध्यापकमा पर्छन् । उनी यसअघि १२ वर्षसम्म सानोठिमी क्याम्पसअन्तर्गत अंग्रेजी शिक्षा विषयको विभागीय प्रमुखा भइसकेका छन् । त्यसबेला वरिष्ठताको कुरा उठेको थियो ।

लामिछानेले ‘थर्ड आइ जर्नल (२०१८, भोल्युम १, नम्बर ३) को पृष्ठ १०८ देखि पृष्ठ ११७ सम्म ‘युज अफ प्रोभर्व एण्ड इट्स सग्निफिकेन्स’ शीर्षकमा लेख लेखेका थिए ।

उक्त लेखमा लामिछानेले जैदको लेखबाट हुबहु कपी गरेको भेटिएको छ। जैद टेक्नोलोजी योगयाकार्ता विश्वविद्यालय इन्डोनेसियामा कार्यरत छन् ।

जैदले सन् २०१६ मा इन्टरनेसनल जर्नल अन स्टडिज इन इङ्लिस ल्याङ्ग्वेज एन्ड लिटरेचर ( भोलुम ४ इस्यु १० अक्टोबर २०१६ पृ १-५) जर्नलमा लेख लेखेका थिए ।

‘युजिङ प्रोभर्व एज अ लिड इन एक्टिभिटी इन टिचिङ इङ्ग्लिस एज अ फरेन ल्याङ्ग्वेज’ शीर्षकको त्यही लेखबाट लामिछानेले सन्दर्भ सामाग्रीसमेत उल्लेख नगरी आफ्नो लेख तयार पारेका थिए । लामिछानेको लेख जैदको लेखबाट कयौँ स्थानमा हुबहु सारिएको भेटिएको हो ।

यसबारेमा खबरहबले लामिछानेसँग सम्पर्क गर्दा त्यसबारे आफूलाई पूरा जानकारी नभएको उल्लेख गरे । उनले भने, ‘मलाई त्यसबारे विस्तृत थाहा भएन, मैले जानकारी राखे जस्तो लागेन’, उनले भने, ‘खै ! त्यस्तो त नहुनुपर्ने हो ।’

सिफारिस

सानोठिमी क्याम्पस प्रमुखको अन्तर्वार्ता सोमबारका लागि तोकिएको छ । तर अंक धेरै भएकालाई समावेश नगरी बौद्धिक चोरीका आरोपीलाई अन्तिम सूचीमा राखेर अन्तर्वार्ता सहभागी गराउन लागिएको हो ।

बाहिर मेरिटोक्रेसी भनिए पनि सानोठिमी क्याम्पस प्रमुखका लागि माओवादीबाट दुईजना, कांग्रेसबाट एकजना र एमालेबाट दुईजनासहित पाँचजना प्राध्यापकको नाम अन्तिम सूचीमा राखिएको छ ।

अल्पसूचीमा रहेकामध्ये लामिछाने माओवादी समर्थित प्राध्यापक संघका केन्द्रीय उपाध्यक्ष पनि उनी हुन् । उनले इन्डोनेसियन लेखकको लेखको २४ प्रतिशत अंक कपी पेस्ट गरेको भेटिएको छ । त्रिविले १५ प्रतिशतभन्दा माथिलाई कपी पेस्टका रुपमा लिने गरेको छ ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ९ : ०० बजे

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार

अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकको विश्व आर्थिक शासन व्यवस्थामा

सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा

रसुवा– भोटेकोशी बाढीका कारण चीनसँगको सीमावर्ती जिल्ला रसुवाको सडक सञ्जाल

ग्रिसको एक्रोपोलिस नजिक भवनमा विस्फोट, दुई अचेत व्यक्तिको उद्धार

एथेन्स- ग्रिसको राजधानी एथेन्सस्थित पर्यटकीय क्षेत्र प्लाकामा शुक्रबार भएको विस्फोटपछि

बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध

बागलुङ– बाढी तथा पहिरोका कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग शुक्रबार