बाढी अपडेट : एघार घर बगे, सात घरमा क्षति « Khabarhub

बाढी अपडेट : एघार घर बगे, सात घरमा क्षति


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

बाजुरा– बुधबार रातिको बाढीले यहाँको हिमाली गाउँपालिका–१ विच्छ्यामा ११ घर बगाएको छ । 

विच्छ्या खोलामा बुधवार राति आएको बाढीले गाउँपालिकाको १,३ र ५ वडामा बढी क्षति गरेको हो । बाढीले ११ घर बगाएको, सात घरमा क्षति र १७ घर जोखिममा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चौधरीले जानकारी दिए। 

उनकाअनुसार कवाडी प्रहरी चौकीको टोली बाढी प्रभावित क्षेत्रमा गएर तथ्यांक संकलन गरेको हो । बाढीले सोही गाउँपालिका–१ का नरेन्द्रबहादुर बुढा, छञ्चलाल थापा, धनसिंह थापा, सब्बले थापा, लालबहादुर थापा, सुजलाल थापा, गोवतल थापाको घर, पसल र खेतबारीमा क्षति पुगेको छ । 

सोही गाउँपालिका–५ का नवराज बुढा, देवीलाल चदारा, विरवल चदारा, अजय चदारा, हिउँसरा ल्वार, अङ्गविर चदाराको घर बगाएको प्रहरी निरीक्षक चौधरीले जानकारी दिए । त्यसैगरी बलबहादुर चदारा, मुगा लुहार, देबीलाल बुढथापा, वीरभान लुहार र डवल लुहारको घर बगाएर लगेका प्रहरी निरीक्षक चौधरीको भनाइ छ । 

बाढीका कारण हिमाली गाउँपालिका–१ का विच्छ्याका  सुजलाल थापा, धनसिंह थापा, जबैलाल थापा, धनबहादुर थापा, चन्द्रापति थापा, धर्मलाल थापा, बलचन्द्र थापाको घर जोखिममा छन् । स्थानीय उने थापा, लालसिंह बोहरा, डिलबहादुर थापा, हरिलाल थापा, भउरलाल थापा, चन्द्रवान थापा, रत्नपति थापा, गोबनल थापा, धर्मजीत थापा र लक्ष्मण थापाको घर पनि बाढीका कारण उच्च जोखिममा छन् । 

बाढीले सरकारी कार्यालय, विद्यालय र सार्वजनिक संरचनासमेतमा क्षति पुगेको छ । १ नम्बर वडा कार्यालय, विच्छ्या मावि, स्वास्थ्य चौकी, स्थानीय विद्युत लाइन् झोलुङ्गे पुल, नेटा र देउसैनको पानी घट्टसमेत जोखिममा छन् । 

बाढीले पुर्‍याएको क्षतिको अवस्था अनुगमन गर्न गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्ल नेतृत्वको टोली बाढी प्रभावित क्षेत्रमा पुगेको छ । अध्यक्ष मल्लको टोलीले तीन वटै वडामा बाढीले पुर्याएको क्षतिको अवस्था र प्रभावितको अवस्था बुझ्न विच्छ्या गएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापाले बताए। 

बाढी प्रभावितलाई राहत र पुनःस्थापनाका लागि कार्यपालिका बैठक बसेर निर्णय गर्ने अध्यक्ष मल्लले बताए ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  ५ : ०८ बजे

अनैतिक गतिविधिमा संलग्न २४ जना प्रहरीको नियन्त्रणमा

कैलाली– धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको

भेनेजुएलामा दुई शक्तिशाली भूकम्प, ठूलो मानवीय क्षति भएको आशंका

काठमाडौँ– दक्षिण अमेरिकी देश भेनेजुएलामा लगातार दुई शक्तिशाली भूकम्प गएको

रास्वपा महाधिवेशन : ९९ केन्द्रीय सदस्यका लागि मतदान जारी

चितवन– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत

हिमाली र पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना, तराईमा तातो दिन

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय