विदेशबाट पनि श्रम स्वीकृति दिन सुरु « Khabarhub

विदेशबाट पनि श्रम स्वीकृति दिन सुरु


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

ओमान– सरकारले विदेशबाट पनि श्रम स्वीकृति दिन थालेको छ । मस्कटस्थित नेपाली राजदूतावासले  ओमानको सलालाबाट गत शुक्रबारदेखि यस्तो सेवा थालेको हो ।

गत शुक्रबार र शनिबार सलालामा आयोजना भएको राजदूतसँग प्रत्यक्ष संवाद, श्रमिक सचेतना, वित्तीय साक्षरता, सामाजिक सुरक्षा कोषमा आवद्धता तथा पासपोर्ट कन्सुलरसम्बन्धी विशेष कार्यक्रममा श्रम स्वीकृति पनि प्रदान गरिएको दूतावासले मङ्गलबार जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

विभिन्न माध्यमबाट ओमान पुगेका तर श्रम स्वीकृति नभएका नेपालीलाई राजदूत डोरनाथ अर्याल र वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले संयुक्त रुपमा श्रम स्वीकृति प्रदान गरेका हुन् ।

त्यस अवसरमा राजदूत अर्यालले नेपाली श्रमिकहरूको हकहित संरक्षणको लागि हरेक किसिमको सहयोग गर्न तत्पर रहेको बताए ।

यस्तै, महानिर्देशक खत्रीले श्रम स्वीकृति बिना विदेश आउँदा हुने समस्याबारे सचेत गराएको विज्ञप्तिमा उल्लेख छ । 

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ७ : ४८ बजे

अपराह्न ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक बस्दै छ । मन्त्रिपरिषद्को बैठक आज अपराह्न ३

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य

सप्तकोशी ब्यारेजमा रात्रिकालीन मेलाको रौनक (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा सुनसरीको सप्तकोशी ब्यारेज क्षेत्रमा हरेक वर्ष

‘देउवा दाइको चाहना महाधिवेशन रोकेर गगनजीहरू संवादमा आऊन् भन्ने छ’

काठमाडौं– नेपाली कांग्रेसका नेता रमेश लेखक पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र

फर्की आउने आश छैन, ‘गुडबाई’ भन्ने आँट छैन

काठमाडौं– सपना हो कि विपना हो यो, के हो जिन्दगी