कांग्रेस भन्छ– ७३ प्रतिशत नेपालीसँग स्मार्ट फोन, हामी उड्ने अवस्थामा छौँ ! « Khabarhub

कांग्रेस भन्छ– ७३ प्रतिशत नेपालीसँग स्मार्ट फोन, हामी उड्ने अवस्थामा छौँ !


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– नेपाली कांग्रेसको नीति, अध्ययन तथा प्रशिक्षण प्रतिष्ठानको अध्ययनले स्नातक वा त्यसभन्दा बढी शिक्षा हासिल भएको घरमूलीको घरमा गरिबी नरहेको देखाएको छ ।

प्रतिष्ठानका निर्देशक डा. जगदीशचन्द्र पोखरेलले जिल्ला सभापति र उपसभापतिहरूका लागि पोखरामा आयोजित अभिमुखीकरण कार्यक्रमको बन्दसत्रमा प्रस्तुत गरेको कार्यपत्रमा उक्त तथ्य उल्लेख छ ।

‘लोकतान्त्रिक समाजवाद : नेपाली कांग्रेसको आर्थिक नीति र अभ्यास’ विषयक निर्देशक पोखरेलको कार्यपत्रमा शिक्षा र गरिबीको विशेष अन्तरसम्बन्ध देखिने गरेको भन्दै लेखिएको छ, ‘स्नातक वा त्यसभन्दा बढी शिक्षा हासिल भएको घरमूलीको घरमा गरिबी छैन । यो जम्मा ०.४४ प्रतिशत छ ।’

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रहिसकेका प्रतिष्ठानका निर्देशक पोखरेलले कार्यपत्रमा हवाईजहाजको तस्बिरसहित ‘हामी उड्ने अवस्थामा छौँ’ शीर्षकमा नेपालको अर्थतन्त्रको झलक र नेपालीको जीवनस्तरबारे बुँदागत ब्याख्या गरेका छन् ।

नेपालीको जीवनस्तरबारे गरिएको ब्याख्यामा उनले भनेका छन्, ‘सुविधाको पहुँच जति टाढाको दूरीमा रहेको छ, गरिबीको दर कम्तीमा पनि १.५ गुणाले बढेको देखिन्छ ।’

कार्यपत्रमा स्मार्ट फोन बोक्ने नेपालीको संख्या ७३ प्रतिशत र विद्युत पुगेको घर ९४ प्रतिशत रहेको पनि उल्लेख गरेका छन् ।

पोखरेलले कार्यपत्रमा नेपालको अर्थतन्त्रको झलकअन्तर्गत नेपालको गार्हस्थ उत्पादन ५७ खर्ब र नेपालको प्रतिव्यक्ति आय एक हजार ४५६ अमेरिकी डलरबराबर रहेको तथ्य प्रस्तुत गरेका छन् । उनका अनुसार नेपालमा अहिले २०.२७ प्रतिशत गरिबी छ ।

पुरानो मापदण्डअनुसार नेपालको गरिबी ३.५७ प्रतिशत मात्रै रहेको पोखरेलले उल्लेख गरेका छन् ।

कार्यपत्रअनुसार मानव विकास सूचकांक ०.६०१ र गार्हस्थ बचत ७.६ प्रतिशत छ ।

‘देशलाई वि. सं. २०८७ सम्म मध्यम आय भएको, २१०० सम्म उच्च आय भएको मुलुकमा स्तरोन्नति गर्ने प्रतिबद्धता,’ पोखरेलले कार्यपत्रमा भनेका छन् ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ३ : ०५ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था