सत्तापक्ष र प्रतिपक्षी दलहरूसँग छलफलमा सभामुख  « Khabarhub

सत्तापक्ष र प्रतिपक्षी दलहरूसँग छलफलमा सभामुख 


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रतिपक्षी दलहरूसँग छलफल गरेका छन् । 

प्रमुख दलका प्रमुख सचेतकहरू र मुख्य सचेतकसँग घिमिरेले छलफल गरेका हुन् । प्रतिनिधिसभाको हिउँदे अधिवेशन माग १८ गतेबाट सुरु भएको छ । दोस्रो बैठक २४ गते बिहीबार बस्दै छ । 

१८ गतेको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले विशेष समय दिनुपर्ने माग राख्दै सदन अवरोध गरेको थियो । करिब आधा घण्टा सदन अवरोधपछि सदन सुरु भएको थियो । 

अहिले प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेस भएका छन् । सभामुखले सत्ता पक्ष र प्रतिपक्षसँग समन्वयकारी रूपमा सदन चलाउने विषयमा छलफल गरेको बुझिएको छ ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ३ : ५० बजे

केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन

काठमाडौं–  सरकारले आसन्न प्रतिनिधिसभा निर्वाचनमा राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसार

ज्ञानेन्द्रले फेरि लेखे ‘राजा’, संवाद सचिवालय भन्छ, ‘श्री ५ महाराजधिराज जनकपुर गइबक्सिँदैछ’

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले फेरि आफूलाई पूर्वराजाकै हैसियतमा राखेर सन्देश

नौ अंकले घट्यो शेयर बजार 

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नौ दशमलव ४३ अंकले

पर्यटकको आकर्षण बन्दै विश्व शान्ति स्तूप (तस्बिरहरू)

काठमाडौं– विश्व शान्ति स्तूप पोखरा उपत्यकाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय

ट्रम्पको विमान एयरफोर्स-१ मा गडबडी, डाभोस जाने क्रममा उडिसकेपछि फिर्ता

जेनेभा- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विमान दावोस जान लाग्दा टेक