टेलिकमको २१औँ वार्षिकोत्सव : कर्णाली प्रदेश कपर प्रविधिमुक्त घोषणा | Khabarhub Khabarhub

टेलिकमको २१औँ वार्षिकोत्सव : कर्णाली प्रदेश कपर प्रविधिमुक्त घोषणा


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकमले आफ्नो स्थापनाको २१औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाएको छ । केन्द्रीय कार्यालयका साथै विभिन्न प्रादेशिक निर्देशनालय तथा दूरसञ्चार कार्यालयमा मंगलबार वार्षिकोत्सव विशेष कार्यक्रम गरिएको थियो ।

कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् कम्पनी सञ्चालक समितिका अध्यक्ष राधिका अर्यालले अध्यक्षता गरेकी थिइन् । 

समारोहमा कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै टेलिकम सरकारको स्वामित्वमा रहेका सार्वजनिक संस्थान मध्येकै सबैभन्दा गौरवशाली इतिहास बोकेको संस्था भएको उल्लेख गरे ।  

मन्त्री गुरुङले हाल दूरसञ्चार क्षेत्रमा बढ्दो चुनौतीसँगै नेपाल टेलिकमको समेत कार्यदक्षतामा परेको प्रभावको समीक्षा गर्दै सुधार गर्न आवश्यक रहेको बताए । 

उपभोक्ताको चाहना अनुरूप सेवाहरूको आधुनिकीकरण, विकास र परिमार्जन गर्दै सबै स्थानमा फोर जी सेवा पुर्‍याउनका लागि बदलिँदो परिवेशसँग सुहाउँदो सेवाका क्षेत्रहरू पहिचान गरी त्यसतर्फ ध्यान आकर्षण गर्न आग्रह गर्दै मन्त्री गुरुङले नेपाल सरकारले समयसापेक्ष रुपमा दूरसञ्चार सम्बन्धी नीति नियममा परिमार्जन गर्दै टेलिकमको व्यवस्थित सञ्चालनका लागि सहयोग गर्ने धारणा व्यक्त गरे । 

मन्त्री गुरुङले कर्णाली प्रदेश अन्तर्गत सञ्चालनमा रहेको सम्पूर्ण कपर प्रविधिमा आधारित उपकरणलाई फाइबर प्रविधिमा रूपान्तरण गर्दै आजकै मितिदेखि कर्णाली प्रदेशलाई कपर प्रविधिमुक्त घोषणा गरे । साथै उनले मंगलबारबाट व्यावसायिक रुपमा सञ्चालनमा ल्याइएको भोवाइफाइ सेवाको समेत शुभारम्भ गरे।

कार्यक्रममा अध्यक्ष अर्यालले सर्वसुलभ रूपमा उपभोक्तालाई गुणस्तरीय दूरसञ्चार सेवा प्रवाह गर्ने क्रममा देशका भौगोलिक रूपमा अत्यन्त विकट र दुर्गम स्थानमा समेत सेवाको पहुँच विस्तार गर्न नेपाल टेलिकमको योगदानको प्रशंसा गर्दै आगामी दिनमा बजारको प्रतिस्पर्धा र ग्राहकको आवश्यकता बमोजिम सेवाको विविधीकरण गर्दै उचित बजारीकरण रणनीति अपनाएर ग्राहकका गुनासाहरूलाई शीघ्र सम्बोधन गर्न र कर्मचारी परिचालनमा तथा कार्य संस्कृतिमा समयानुकूल सुधार गर्दै अगाडि बढ्न आग्रह गरिन् । 

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीले दूरसञ्चार क्षेत्रमा नेपाल टेलिकम हालसम्म अग्रणी भूमिकामा रहेको र आगामी दिनमा पनि अग्रणी स्थानमा रहेर सेवा प्रदान गर्न सक्षम रहोस् भन्ने शुभकामना व्यक्त गर्दै सो को प्राप्तिका लागि कम्पनीलाई समय सापेक्ष सुधार गरेर अगाडि बढ्न र ग्राहक अनुभव तथा पृष्ठपोषणको विस्तृत अनुसन्धान गर्न आवश्यक रहेको बताए । 

सञ्चालक समितिका सदस्य (कर्मचारी प्रतिनिधि) लोक बहादुर कटुवालले आम कर्मचारी वृत्ति विकासको सुनिश्चितताको अवसरलाई खुला राख्न आग्रह गर्दै प्रतिस्पर्धी वातावरणमा कम्पनीको स्थायित्वको लागि मन्त्रालय लगायत नियामक निकायबाट कम्पनीका लागि आवश्यक नीति निर्माण गर्न र कम्पनीलाई अग्रणी दूरसञ्चार सेवा प्रदायकको रूपमा राखिरहन आवश्यक सहयोगको अपेक्षा गरे । 

नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले कम्पनीको समग्र अवस्था बारे जानकारी गराउँदै कम्पनीले मुलुकको ७७ वटै जिल्लामा फोरजी एलटीई प्रविधिमा आधारित मोबाइल र डाटा सेवा तथा अप्टिकल फाइवरमा आधारित एफटीटीएच सेवा सञ्चालनमा ल्याएपछि ग्राहक आधारमा निरन्तर वृद्धि भइरहेको र फोर जी डाटाको खपत उल्लेखनीय रूपमा वृद्धि भई हाल कुल मोबाइल डाटा खपतको ९० प्रतिशत भन्दा बढी हिस्सा फोर जी सेवाले ओगटेको बताइन् ।

उनले ग्रामीण दूरसञ्चार विकास कोष मार्फत जडान भएका अप्टिकल फाइबर नेटवर्कको सह-प्रयोगको थालनी गरिएको, हाइवे नेटवर्क सुधारको कार्य निरन्तर अगाडि बढिरहेको र यथाशीघ्र फाइभजी प्रविधि भित्र्याउने तर्फ प्राथमिकताका साथ कार्य भइरहेको समेत बताउनुभयो . साथसाथै वार्षिकोत्सवको अवसरमा आजकै दिन देखि भोवाइफाइ सेवा व्यावसायिक रूपमा सञ्चालनमा ल्याइएको र नेपाल टेलिकम एप र वेबसाइट मार्फत इसीम सहजै प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको जानकारी दिइन् ।   

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ५ : २९ बजे

सरकारले पेश गर्न लागेको अध्यादेशविरुद्ध ६७ वटा अस्वीकारको प्रस्ताव दर्ता

काठमाडौं – सरकारले संसदमा पेश गर्न लागेको अध्यादेशमा ६७ वटा

गोरखामा दुई वटा चितुवा मृत फेला

गोरखा – गोरखाको पालुङटार नगरपालिका–१० स्थित माथिल्लो खड्का गाउँमा दुई

लेले–चन्दनपुर सडकलाई तराई जोड्ने वैकल्पिक राजमार्ग बनाउनुपर्छ : मन्त्री अधिकारी

ललितपुर – कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले लेले–चन्दनपुर सडकलाई

नाइजेरियामा आगलागी हुँदा १७ जनाको मृत्यु

अबुजा – नाइजेरियाको उत्तरपश्चिमी राज्य जाम्फारामा मङ्गलबार राति छात्रावासमा भएको

बूढासुब्बा गोल्डकपः आरटिसी भुटानलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा

धरान – आरटिसी भुटान फुटबल क्लबलाई ७–० गोल अन्तरले हराउँदै