हिउँदे झरी टर्दा बढ्यो आगलागीको जोखिम
हावापानीको अवस्था नियमित रहेको भए नेपालमा कात्तिकयता कम्तिमा दुई झमेट हिउँदे वर्षा भइसकेको हुनुपर्ने हो । हिमाली क्षेत्रमा नियमित हिमपात र त्यस आसपासका पहाडमा झरी परेको वर्ष हिउँदे खेतीपाती पनि फस्टाउँछ । तर, यसपटक हावापानीको अवस्था अपेक्षा गरिएजस्तो छैन ।
सरकारी निकायका अनुसार जाडो याममा कम्तिमा ६० मिलिलिटर पानी पर्नुपर्नेमा औषतमा ५.५ मिलिलिटरमात्रै पानी परेको छ । कम पानी पर्दा एकातिर प्रदूषण स्तर बढेको छ, अर्कातिर मौसमी चक्र नै तलमाथि भएजस्तो लाग्छ । नेपालका हकमा सबैभन्दा ठूलो जोखिम चाहिँ वनडढेलो बन्दैछ ।
माघे झरीले भिजेर यतिखेर चिसो र ओसिलो रहनुपर्ने नेपालका वनजङ्गलमा डढेलो लाग्न थालेको छ । भोटेकोशी गाउँपालिकाको कोदारीमा लागेको आगो नियन्त्रणमा लिन प्रशासनले हेलिकप्टरकै सहायता लिएको छ ।
अमेरिकाको राष्ट्रिय हवाई यातायात तथा अन्तरिक्ष प्रशासन (नासा)को स्रोत व्यवस्थापन प्रणालीका लागि अग्नि सूचना (फिर्म्स )का अनुसार यतिखेर नेपालका १०० भन्दा बढी स्थानमा आगो लागेको देखिएको छ ।
तोलामा २२ सय रुपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
नेपाली बजारमा आज सुनको भाउ तोलामा २२ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २२ सय रुपैयाँले बढेर १ लाख ६६ हजार ९०० रुपैयाँ कायम भएको छ ।
यसअघि, मङ्गलबार छापावाल सुनको भाउ तोलामा १९ सय रुपैयाँले बढेर १ लाख ६४ हजार ७०० रुपैयाँ पुगेको थियो ।
नेप्सेमा सामान्य गिरावट, फाइनान्समा उछाल
बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले घटेको छ। आज नेप्से ४.४५ अंकले घटेर २७११.४५ विन्दुमा पुगेको छ।
नेप्से घट्दा पनि फाइनान्स समूहमा भने उछाल आएको छ । आज फाइनासन्स समूह ५.६३ प्रतिशतले बढेको छ । आज १३ वटा समूहमध्ये ५ समूह बढ्दा फाइनान्समा उछाल आएको हो ।
आर्थिक वर्ष आधा गुज्रेपछि निकायगत समन्वय खोज्दै सरकार

आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रेपछि राजस्व सङ्कलन बढाउन भन्दै सरकारले निकायगत समन्वयनबारे गन्थन गरेको छ ।
बुधबार बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा विभागीय मन्त्री र सरकारी अधिकारीहरूले ‘राजस्व चुहावट नियन्त्रण थप प्रभावकारी बनाउन’ भन्दै सरोकारवाला समन्वयनको कुरा उठाएका हुन् ।
चालु आर्थिक वर्ष २०८१/८२ भर १७ खर्ब १९ अर्ब ३० करोड ३० लाख रुपैयाँ राजस्व उठाउने सरकारको लक्ष्य छ । तर, आधा वर्ष गुज्रिसक्दा मङ्गलबार (माघ २२)सम्म लक्ष्यको ४२.८३ प्रतिशतमात्रै राजस्व उठेको छ ।
कुल छ खर्ब सात अर्ब ९४ करोड दुई लाख रुपैयाँ राजस्व उठेकोमा कर राजस्व लक्ष्यको ४१.४८ र गैरकर राजस्व ५५.७१ प्रतिशत उठेको अर्थ मन्त्रालय मातहतको महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ ।
टेलिकमको २१औँ वार्षिकोत्सव : कर्णाली प्रदेश कपर प्रविधिमुक्त घोषणा
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा चार अर्ब राजस्व संकलन
आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा चार अर्ब २० करोड ६९ लाख ५६ हजार राजस्व संकलन गरेको छ । कार्यालयले गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने एक अर्ब चार करोड ३७ लाख बढी राजस्व संकलन गरेको हो ।
आन्तरिक राजस्व कार्यालय वीरगञ्जका कार्यालय प्रमुख टिकाराज चौलागाईले गत आवको तुलनामा चालु आवमा राजस्व संकलन उत्साहजनक रहेको जानकारी दिए।
चिया निर्यातलाई सहज बनाउने प्रधानमन्त्रीको आश्वासन

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली चियाको भारत निर्यातमा देखिएका समस्यालगायत चिया उद्योगलाई प्रवर्द्धन र प्रोत्साहन दिने विषयमा सक्दो पहल गर्ने विश्वास दिलाएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रादेशिक चिया समन्वय समिति, कोशीसहित झापा र इलामका चिया उत्पादक सङ्घका प्रतिनिधिले आज दिएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले औपचारिक र अनौपचारिक दुवै संयन्त्रबाट समस्याको समाधानमा पहल गर्ने बताएका हुन् । उनले नेपाली चियाको उचित बजार प्रवर्द्धन र विस्तारमा ध्यान दिन उद्यमीलाई सुझाव दिए ।
महसुल नबुझाउँदा विद्युत् लाइन विच्छेद
शिक्षककै सर्टिफिकेट नक्कली, लाग्यो भ्रष्टाचार मुद्दा
हेटौँडामा दैनिक तीन करोड ७० लाख लिटर खानेपानी उत्पादन

हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले दैनिक तीन करोड ७० लाख लिटर खानेपानी उत्पादन गरिरहेको छ । बोर्डले उपमहानगर क्षेत्रमा बसोबास गर्ने करिब एक लाख ६५ हजार नगरवासीलाई २८ हजार एक सय १२ धारामार्फत दैनिक नौ घण्टासम्म पानी वितरण गर्दै आइरहेको हो ।
बोर्डका अध्यक्ष प्रताप विष्टले हेटौँडाको मुख्य बजार क्षेत्रमा भने २४सैँ घण्टा पानी आपूर्ति गर्न बोर्ड सफल भएको जानकारी दिए। उनका अनुसार हालसम्म १६ वटा खानेपानी उपभोक्ता समिति बोर्डमा हस्तान्तरण भइसकेका छन् । नगर क्षेत्रभित्रको वडा नं ११, १२ र १३ मा भने स्थानीय उपभोक्ता समितिबाट खानेपानी वितरण हुँदै आइरहेको उनले बताए।
युएसएडले विश्वव्यापी कर्मचारीहरूलाई बिदामा राख्यो
जाजरकोट भूकम्पको १५ महिनापछि क्षतिबारे विस्तृत मूल्याङ्कन हुँदै

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर भूकम्प गएको १५ महिना पुग्यो । १७ कात्तिक २०८० गएको भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा १५० जनाको ज्यान जानुका साथै सयौं मानिस घाइते भएका थिए ।
भूकम्पका कारण जाजरकोट, रुकुमपश्चिम र सल्यानमा ६८ हजार ३२६ संरचनामा क्षति पुगेको थियो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्पबाट क्षति पुगेका सामुदायिक भवन तथा निजी घरहरूको विस्तृत क्षति अध्ययन तत्कालै गरेको थिएन ।
प्रतिक्रिया