आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा चार अर्ब राजस्व संकलन « Khabarhub

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा चार अर्ब राजस्व संकलन


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा चार अर्ब २० करोड ६९ लाख ५६ हजार राजस्व संकलन गरेको छ । कार्यालयले गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने एक अर्ब चार करोड ३७ लाख बढी राजस्व संकलन गरेको हो । 

आन्तरिक राजस्व कार्यालय वीरगञ्जका कार्यालय प्रमुख टिकाराज चौलागाईले गत आवको तुलनामा चालु आवमा राजस्व संकलन उत्साहजनक रहेको जानकारी दिए। 

कार्यालयले चालु आवको छ महिनाको अवधिमा अन्तःशुल्क मदिरातर्फ एक अर्ब ४६ करोड ७३ लाख राजस्व संकलन गरेको छ । जबकी गत आवको सोही अवधिमा भने अन्तः शुल्क मदिरातर्फ भने ९२ करोड ८७ लाख राजस्व संकलन गरेको थियो । 

कार्यालयले चालु आवको छ महिनाकै अवधिमा अन्तःशुल्क अन्य औद्योगिक उत्पादनतर्फ भने ३१ करोड ९० लाख राजस्व संकलन गरेको छ । गत आवको सोही अवधिमा भने १८ करोड ७३ लाख रकम अन्तःशुल्क अन्य औद्योगिकतर्फ राजस्व संकलन गरेको थियो । 

कार्यालयले चालु आवमा आयकर प्राइभेट लिमिटेडतर्फ भने २३ करोड ३६ लाख राजस्व संकलन गरेको छ । जबकी गत आवको सोही अवधिमा भने १६ करोड ९८ लाख राजस्व संकलन गरेको थियो । चालु आवको छ महिनाको अवधिमा आयकर व्यक्तिगत वा एकलौटी तर्फबाट  ८७ करोड ६४ लाख राजस्व संकलन गर्‍यौ भने गत आवको सोही अवधिमा भने ४७ करोड १२ लाख ५५ हजार राजस्व संकलन गरेको थियो ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ४ : १६ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र