पोखरामा गगनको स्पष्टीकरण- पन्ध्रौँ महाधिवेशनसम्म शेखर दाइ र म एकै ठाउँ छौँ « Khabarhub

पोखरामा गगनको स्पष्टीकरण- पन्ध्रौँ महाधिवेशनसम्म शेखर दाइ र म एकै ठाउँ छौँ


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

पोखरा- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चौधौँ महाधिवेशनमा सभापतिमा पराजित नेता डा. शेखर कोइराला र आफू अहिलेसम्म एकैठाउँ रहेको बताएका छन् ।

कांग्रेसले जनप्रतिधिहरूका लागि पोखरामा चलाएको दुई दिने प्रशिक्षण कार्यक्रममा सहभागी भएका थापाले बुधबार पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै यस्तो बताएका हुन्।

उनले शेखर कोइरालाई आफूले सधैँ नेता मानिरहने पनि बताएका छन् । ‘डा. शेखर कोइराला आज पनि नेता हुनुहुन्छ । भोलि पनि नेता रहनुहुन्छ । पार्टीभित्र मैले उहाँको नेतृत्वमा १४ औँ महाधिवेशनमा मैले प्रतिष्पर्धा गरेको हो’, उनले भने, ‘अहिले पनि कांग्रेसभित्र समूहहरू बन्ने कुरा स्वाभाविक भए । महामन्त्रीका रुपमा मेरो सिंगो पार्टीप्रतिको जिम्मेवारी छ । मैले सबैको हुने कोसिस गर्नुपर्छ, किनकी संस्थाको एउटा जिम्मेवारीमा छु ।’

उनले समूहको कुरा आउँदै गर्दा आफू अहिले पनि शेखर कोइरालाकै साथमा रहेको बताए । ‘जहाँ समूहको कुरा आउँछ, त्यो कुरा आउँदै गर्दा १५ औँ महाधिवेशनसम्म शेखर कोइराला र म एकै ठाउँमा छौँ’, उनले भने, ‘म चाहिँ त्यहीँ छु, म भएको ठाउँमै शेखर कोइराला डाक्टर सा’व पनि हुनुहुन्छ भन्ने ठान्छु । रहने-नरहने भन्ने कुरा आ-आफ्नो व्यक्तिगत छनौटको कुरा भयो ।’

काठमाडौंमा भएको चौधौँ महाधिवेशनमा एकै प्यानलबाट उठ्दा गगन महामन्त्री भए भने शेखर शेरबहादुर देउवासँग पराजित भएका थिए । केही महिनायता गगन सभापति देउवासँग नजिकिएको बताइएको छ ।

पछिल्लो समय गगनले शेखर नेतृत्वको समूहको कुनै पनि कार्यक्रममा सहभागिता जनाएका छैनन् । शेखरको विराटनगर भेलामा पनि नगएका गगनले उल्टै त्यहीँ भएको कांग्रेसको प्रदेश भेलमा कोइरालाको कडा आलोचना गरेका थिए । यस्तोमा दुई नेताबीच दूरी बढेको चर्चा भइरहँदा गगनले पोखरामा स्पष्टीकरण दिँदै आफू शेखरसँगै रहेको जिकिर गरेका हुन् ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ६ : ४१ बजे

गणेशमानलाई केआई सिंहको व्यंग्य- ‘कोपारा चोर पार्टीको त्यो पिलन्धरेलाई भोट किन दिने ?’

एउटा मानिस नक्कली नोट छाप्ने काम गर्थ्यो । पैसा छाप्दाछाप्दै

भोजपुरको भुल्केमा जलाधार क्षेत्र संरक्षण अभियान

भोजपुर– मानवीय क्रियाकलाप र जलवायु परिवर्तनका असरका कारण सुक्दै गएका

होली पर्वले मुलुकलाई समृद्धितर्फ अघि बढ्न प्रेरित गर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले फागुपूर्णिमा (होली) पर्व राष्ट्रिय एकता,

‘पोस्टरमा टाउको बिक्ने’ राजेशको त्यो समय, अहिले हल खाली

काठमाडौं – चुनाव आउन तीन दिन बाँकी छ । देश

प्रभावकारी बन्दै विद्यालयमा ‘शून्य फोहोर’ कार्यक्रम

बाँके– नेपालगञ्ज उपमहानगरपालिकाभित्रका विभिन्न विद्यालयमा सञ्चालित ‘शून्य फोहोर कार्यक्रम’ प्रभावकारी