स्पेसएक्सद्वारा २१ वटा स्टारलिंक इन्टरनेट उपग्रह प्रक्षेपण « Khabarhub

स्पेसएक्सद्वारा २१ वटा स्टारलिंक इन्टरनेट उपग्रह प्रक्षेपण


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले मंगलबार २१ वटा स्टारलिंक उपग्रह प्रक्षेपण गरेको छ ।

स्पेसएक्स एक एयरोस्पेस निर्माता र अन्तरिक्ष यातायात कम्पनी हो, जुन सन् २००२ मा एलोन मस्कद्वारा स्थापना गरिएको थियो । यसले अन्तरिक्ष यात्राको लागत घटाउने लक्ष्य राखेको छ।

स्पेसएक्सका अनुसार फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेसनबाट फाल्कन ९ रकेटबाट पूर्वी समय बिहान ५ः१५ मा उपग्रहहरू प्रक्षेपण गरिएको थियो ।

स्पेसएक्सले पछि २१ स्टारलिंक उपग्रहहरूको तैनाती पुष्टि गर्यो, जसमा १३ डायरेक्ट–टू–कल क्षमताहरू भएका उपग्रह रहेका छन् ।

स्टारलिंक निजी अन्तरिक्ष उडान कम्पनी स्पेसएक्सद्वारा दुर्गम स्थानहरूमा कम लागतको इन्टरनेट उपलब्ध गराउन विकसित गरिएको उपग्रह नेटवर्कको नाम हो । एउटा स्टारलिंक उपग्रहको आयु लगभग पाँच वर्षको हुन्छ ।

स्पेसएक्सका अनुसार, स्टारलिंकले उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पहुँच पूर्ण रूपमा अनुपलब्ध भएका स्थानहरूमा पुर्‍याउनेछ ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ७ : १० बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।