अध्यादेशले तानातानमा उपेन्द्र यादव, भन्छन्- कता उभिने निर्णय भइसकेको छैन | Khabarhub Khabarhub

अध्यादेशले तानातानमा उपेन्द्र यादव, भन्छन्- कता उभिने निर्णय भइसकेको छैन


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारद्वारा गत पुसमा ल्याइएका अध्यादेशबारे कुनै निर्णय भइनसेको बताएका छन् ।

यादवले अध्यादेशको पक्षमा वा विपक्षमा उभिने औपचारिक निर्णय नभइसकेको स्पष्टीकरण बुधबार दिएका हुन् ।

राष्ट्रपतिले जारी गरेका ती अध्यादेश पास गराउन अहिले संघीय संसद्मा पेश गरिएको छ । यस्तो ती अध्यादेश पास वा फेल गराउने खेलका निर्णायक जनता समाजवादीका अध्यक्ष यादव छन् ।

प्रतिनिधिसभाबाट त अध्यादेश सजिलै पास हुन्छ । तर राष्ट्रियसभाबाट उक्त अध्यादेश पास गराउन सरकारसँग बहुमत छैन ।

यस्तोमा दुवैतर्फबाट समर्थन खोजिएको बताउँदै यादवले अहिले छलफलकै चरणमा रहेको बताएका छन् ।

‘सबै कुरा अहिले छलफलको क्रममा छ। अध्यादेश अध्ययन कार्यदलले भोलि बिहान ९ बजे प्रतिवेदन बुझाउँछ’, यादवले भने, ‘त्यसपछि ११ बजे बस्ने संसदीय दलको बैठकले यसबारे औपचारिक निर्णय लिन्छ।’

यादवले आलोचनात्मक समर्थनसहित अध्यादेशको पक्षमा उभिने तयारी गरेको भनेर आएका समाचार र हल्लामा पनि सत्यता नभएको यादवले बताएका छन्।
यादवले जसपा नेपाल अहिलेसम्म अध्यादेश अनिर्णित रहेको बताउँदै यसबारे पूरा निर्णय बिहीबार मात्रै हुने बताएका छन् ।

अध्यादेश बिहीबार नै प्रतिनिधि सभा र राष्ट्रिय सभामा निर्णयार्थ पेस गर्ने सम्भावित कार्यसूची तय भइसकेको छ । यस्तोमा प्रतिनिधि सभामा नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वको सरकारसँग बहुमत छ । तर राष्ट्रिय सभामा बहुमत नहुँदा सत्ता गठबन्धनलाई तनाव भएको छ ।

राष्ट्रिय सभामा अहिले यादव नेतृत्वको जसपा नेपालका तीन सांसद छन् । जसपाका तीन सांसद जता उभिए त्यतै बहुमत पुग्न सक्छ । त्यही भएर अहिले जसपा नेपालसँग दुवै गठबन्धनले संवाद तीव्र बनाएका छन् ।

सरकारलाई समर्थन दिए पनि जसपा नेपाल अहिले सरकारमा छैन । यादवले अध्यादेश अध्ययनका लागि राजकिशोर यादवको नेतृत्वमा कार्यदल बनाएका छन् । कार्यदलले अध्यादेशको समर्थन गर्ने नगर्ने निर्णय बिहीबार मात्रै दिने छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अध्यादेश पारितका लागि जसपा नेपालसँग सहयोग मागिरहेका छन् । यादवले अध्यादेश पारित गर्न निर्णायक भएपछि मधेश प्रदेशको मुख्यमन्त्रीमा बार्गेनिङ गरेको बताइएको छ।

माओवादी केन्द्र नेतृत्वको विपक्षी गठबन्धनले अध्यादेश असफल गर्ने प्रयास थालेको छ। प्रचण्डले सम्वाद बढाइसकेका छन् । तर यादवले आफ्नो पार्टी फुटाइदिएको भन्दै प्रचण्डसँग रिसाएका छन् । उनी समाजवादी मोर्चा छाडेर हिँडेको लामो समय भएको छ। यस्तोमा उनी अहिले दुवै गठबन्धनसँग संवाद छन् ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ७ : २७ बजे

मोरङमा जंगली हात्तीको आक्रमणबाट एक वर्षमा पाँच जनाको मृत्यु

बेलबारी– मोरङको बेलबारीमा जंगली हात्तीको आक्रमणबाट यसै साताको आइतबार ४५

नहरमा डुबेर एक जनाको मृत्यु

लम्की– कैलालीको लम्की चुहानगरपालिका– ६ बाघमारा, रानीजमरा कुलरिया सिँचाइ आयोजनाको

काठमाडौं महानगरको कक्षा ११ र १२ को छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२-०८३ का लागि कक्षा

कुवेत पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कुवेत पठाइदिन्छु भन्दै

जुवातास खेल्ने २६ जना पक्राउ

काठमाडौं- जुवातास खेलिरहेको अवस्थामा काठमाडौं र चितवनबाट प्रहरीले २६ जनालाई