मुलुकमा आत्मसमर्पणवादी मानसिकता हावी भयो : कमल थापा « Khabarhub

मुलुकमा आत्मसमर्पणवादी मानसिकता हावी भयो : कमल थापा


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीलाई वैकल्पिक शक्तिका रुपमा अगाडि बढाउन सङ्गठन सुदृढीकरणमा जोड दिएका छन् ।

पार्टीको पूर्वाञ्चल, तराई–मधेस र मध्यमाञ्चल क्षेत्रका पदाधिकारी, केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुसँगको आज बसेको बैठकमा अध्यक्ष थापाले पार्टी मातहतका स्थानीय तह कमिटिलाई तोकिएको मितिमा अधिवेशन गर्न निर्देशन दिए।

वर्तमान राजनीतिक अस्थिरताका कारण मुलुकमा आत्मसमर्पणवादी मानसिकता हावी भएको बताउँदै उनले देश विकास तथा आर्थिक रुपान्तरणका लागि सरकारलाई दबाब दिन आन्दोलन गर्नुपर्ने समय आएको बताए ।

उनले पार्टीले उठाउँदै आएका राजनीतिक एजेन्डा स्थापित गर्ने समय अनुकूल भएको र आन्दोलनमार्फत त्यसलाई पूरा गर्नुपर्नेमा जोड दिए ।

समान विचार भएको राजनीतिक दल तथा समूहसँग एकता प्रक्रिया छिट्टै सुरु गरिने बताउँदै अध्यक्ष थापाले विगतमा पार्टीभित्रका केही नेताहरुको सङ्कीर्णता, द्वैध चरित्र र अहङ्कारले टुटफुटको समस्या ल्याएकाले ती अनुभवबाट पाठ सिक्नुपर्ने बताए ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  १० : ४२ बजे

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन

दक्षिण अफ्रिकाको बारमा गोलीकाण्ड : ९ जनाको मृत्यु, १० घाइते

जोहान्सबर्ग– दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन– नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ

पनौतीमा ‘भृकुटी’को जन्मघर तथा उद्यान निर्माण गरिने

काभ्रे– काभ्रेको पनौतीमा राष्ट्रिय विभूति भृकुटीको जन्मघर र उद्यान निर्माण