मुलुकमा आत्मसमर्पणवादी मानसिकता हावी भयो : कमल थापा « Khabarhub

मुलुकमा आत्मसमर्पणवादी मानसिकता हावी भयो : कमल थापा


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीलाई वैकल्पिक शक्तिका रुपमा अगाडि बढाउन सङ्गठन सुदृढीकरणमा जोड दिएका छन् ।

पार्टीको पूर्वाञ्चल, तराई–मधेस र मध्यमाञ्चल क्षेत्रका पदाधिकारी, केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुसँगको आज बसेको बैठकमा अध्यक्ष थापाले पार्टी मातहतका स्थानीय तह कमिटिलाई तोकिएको मितिमा अधिवेशन गर्न निर्देशन दिए।

वर्तमान राजनीतिक अस्थिरताका कारण मुलुकमा आत्मसमर्पणवादी मानसिकता हावी भएको बताउँदै उनले देश विकास तथा आर्थिक रुपान्तरणका लागि सरकारलाई दबाब दिन आन्दोलन गर्नुपर्ने समय आएको बताए ।

उनले पार्टीले उठाउँदै आएका राजनीतिक एजेन्डा स्थापित गर्ने समय अनुकूल भएको र आन्दोलनमार्फत त्यसलाई पूरा गर्नुपर्नेमा जोड दिए ।

समान विचार भएको राजनीतिक दल तथा समूहसँग एकता प्रक्रिया छिट्टै सुरु गरिने बताउँदै अध्यक्ष थापाले विगतमा पार्टीभित्रका केही नेताहरुको सङ्कीर्णता, द्वैध चरित्र र अहङ्कारले टुटफुटको समस्या ल्याएकाले ती अनुभवबाट पाठ सिक्नुपर्ने बताए ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  १० : ४२ बजे

सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकारले निजामती तथा स्वास्थ्य सेवाका कर्मचारीहरूका

कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने  

काठमाडौं– नेपाली कांग्रेसले सातै प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित

एघार जना सहसचिवको सरुवा

काठमाडौं– सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ । सोमबार

मधेस सरकारबाट जनमत पार्टीको समर्थन फिर्ता

महेन्द्रनगर– जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको

नेपालगञ्जमा हत्याको आरोपमा छ जना पक्राउ

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिका–१२, बेलासपुरमा एक युवकको हत्या गरेको आरोपमा प्रहरीले