पहिलो पटक संसद्लाई सम्बोधन गर्दै ट्रम्प : के छन् विषय ? | Khabarhub Khabarhub

पहिलो पटक संसद्लाई सम्बोधन गर्दै ट्रम्प : के छन् विषय ?

सम्बोधन सफलता, शान्ति, आर्थिक र आप्रवासी मुद्दामा केन्द्रित


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसद्को दुवै सदनलाई संयुक्त रुपमा सम्बोधन गर्ने भएका छन्।

राष्ट्रपति निर्वाचित भएपछि ट्रम्पले अमेरिकाको दुवै सदनलाई संयुक्त रूपमा पहिलो पटक सम्बोधन गर्न लागेका हुन्। नेपाली समय अनुसार बुधबार बिहान उनले संसद्लाई सम्बोधन गर्नेछन्। जनवरी महिनामा ह्वाइट हाउस प्रवेश गरे यता ट्रम्पको यो पहिलो पटक संसद्लाई सम्बोधन हुनेछ।

राष्ट्रपति ट्रम्पको दुई तिर संसद्का सभामुख माइक जोन्सन र उपराष्ट्रपति जेडी भान्स हुने छन्। एलन मस्क दर्शकको रूपमा रहने अनुमान गरिएको छ। ट्रम्पको सो सम्बोधन चार चरणमा हुनेछ।

पहिलो चरणमा कार्यालय प्रवेशको पहिलो महिना अत्यन्त सफल भएको घोषणा हुनेछ। दोस्रो चरणमा आर्थिक विषय हुनेछ। तेस्रो चरणमा ट्रम्पले आप्रवासी डिपोर्ट र मेक्सिकोको सीमामा पर्खाल लगाउने योजनाका लागि संसद्को एकबद्धताका लागि निम्ति कुरा राख्ने छन्।

चौथो चरणमा ट्रम्पले शान्ति स्थापनाका आफ्ना योजनाका बारे बोल्ने छन्।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ६ : ११ बजे

स्पेनमा ५० हजार दर्शकबीच प्यालेस्टिनी टोलीको मैत्रीपूर्ण खेल

बिलबाओ– प्यालेस्टिनी फुटबल खेलाडीहरूको चयन गरिएको टोलीले शनिबार बास्क देशका

निर्वाचन आयोगद्वारा दुर्गा प्रसाईँको नागरिक बचाउ दल सनाखत

काठमाडौं– व्यवसायी दुर्गा प्रसाईँको समर्थनमा नागरिक बचाउ दल दर्ताका लागि

अमेरिकाद्वारा बी-६१-१२ आणविक बमको सफल उडान परीक्षण सम्पन्न

वासिङ्टन– संयुक्त राज्य अमेरिकाले आफ्नो अत्याधुनिक बी–६१–१२ आणविक गुरुत्वाकर्षण बमको

चितवनका माओवादी कार्यकर्ताद्वारा प्रगतिशील राष्ट्रिय अभियानमा समाहित भएको घोषणा

काठमाडौं– चितवनका नेकपा माओवादी केन्द्रका विभिन्न तहमा रहेका कार्यकर्ताहरूले प्रगतिशील

नबिल बैंकद्वारा डेबिट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने

काठमाडौं– नबिल बैंकले मास्टरकार्ड नेटवर्कअन्तर्गत नयाँ डेबिट कार्ड जारी गरेको