च्याम्पियन्स लिगः रोड्रिगो र डियाजको गोलमा रियल म्याड्रिड विजयी « Khabarhub

च्याम्पियन्स लिगः रोड्रिगो र डियाजको गोलमा रियल म्याड्रिड विजयी


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


642
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – च्याम्पियन्स लिगको दोस्रो चरणको पहिलो लेगमा रियल म्याड्रिड विजयी भएको छ। गएराति भएको खेलमा रोड्रिगो र ब्राहिम डियाजको गोलले रियलले एट्लेटिको म्याड्रिडलाई २-१ गोलले हराएको हो।

रोड्रिगोले खेलको चौथो मिनेटमा नै रियललाई अग्रता दिलाएका थिए। उनले विपक्षी रक्षकलाई सुन्दर ढङ्गले पार गर्दै शानदार सुरुवाती गोल गरेका हुन्।

खेलको ३२ औँ मिनेटमा एट्लेटिकोका लागि जुलियन अल्भारजेले गोल गर्दै खेल १-१ को बराबरीमा फर्काएका थिए। तर दोस्रो हाफको सुरुवात अर्थात् खेलको ५५ मिनेटमा डियाजले रियलका लागि शानदार गोल गर्दै २-१ को अग्रता कायम गरेका हुन्। उनको त्यो गोल नै जितका लागि निर्णायक बनेको हो।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ६ : २६ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का