पिएसभीको पोस्टमा आर्सनलको सात गोल « Khabarhub

पिएसभीको पोस्टमा आर्सनलको सात गोल


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपेली च्याम्पियन्स लिगको दोस्रो चरणको पहिलो लेगमा आर्सनलले पिएसभी आइन्ड होभनलाई ७-१ ले हराएको छ।

पिएसभीको मैदानमा आर्सनलले शानदार सफलता पाएको हो। पहिलो हाफमा तीन तथा दोस्रो हाफमा चार गोल गरेको आर्सनलको क्वार्टर फाइनल लगभग पक्का भएको छ। आर्सनलले क्वार्टरफाइनमला म्याड्रिडका दुई टोली बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

सुरुमै घरेलु टोलीका इस्माइल साइबेरीको बल बारमा लागेर फर्केको खेलको १८ औँ मिनेटमा आर्सनलका लागि पहिलो गोल जुरिइन टिम्बरले गरेका थिए। त्यसको तीन मिनेट अर्थात् खेलको २१ औँ मिनेटमा १७ वर्षीय स्टार एथन एनवारीले आर्सनलका लागि अर्को गोल गरे।

माइकल मेरिनोले ३१ औँ मिनेटमा आर्सनलका लागि अर्को गोल गरे। पहिलो हाफको अन्त्यमा पाएको पेनाल्टीको उपयोग गर्दै पिएसभीका लागि खेलको ४३ औँ मिनेटमा नोआ लाङले गोल फर्काए। पहिलो हाफ ३-१ गोल अन्तरमा सकिएको खेलको दोस्रो हाफमा आर्सनलले एकतर्फी चार गोल गरेको हो।

दोस्रो हाफको सुरुवात अर्थात् खेलको ४७ औँ मिनेटमा मार्टिन आरेगार्डले व्यक्तिगत पहिलो गोल गर्दै गर्दा टिमका लागि चौथो गोल गरेका थिए। उनले ७३ औँ मिनेटमा थप एक गोल गरे। आर्सनलका लागि ट्रोसार्डले ४८ औँ मिनेटमा गोल गरे भने अन्तिम गोल ८५ औँ मिनेटमा कालाफियोरीले गरे।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ६ : ५५ बजे

मतदान सुस्त भएपछि लाइनमा जानुअघि एमालेका प्रतिनिधिलाई दिन थालियो मतदाता शिक्षा

काठमाडौं- नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका

बालेनको र्‍याप समावेश फिल्म ‘झरीपछिको इन्द्रेणी’को अग्रिम टिकट बुकिङ खुला

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बानेन्द्र शाह ‘बालेन’को र्‍याप गीत

प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग आज नेपालका लागि चिनियाँ राजदूत छन

अहिलेकै गतिमा चलिरहे बिहीबार दिउँसो मात्रै सकिने छ एमालेमा मतदान

काठमाडौं- नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका

जेन-जी आन्दोलनमा भएको क्षतिको ५ अर्ब बढीको दाबी भुक्तानी

काठमाडौं– भदौ २४ गते जेन-जी आन्दोलनको क्रममा भएको क्षतिको बीमा