पिएसभीको पोस्टमा आर्सनलको सात गोल « Khabarhub

पिएसभीको पोस्टमा आर्सनलको सात गोल


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपेली च्याम्पियन्स लिगको दोस्रो चरणको पहिलो लेगमा आर्सनलले पिएसभी आइन्ड होभनलाई ७-१ ले हराएको छ।

पिएसभीको मैदानमा आर्सनलले शानदार सफलता पाएको हो। पहिलो हाफमा तीन तथा दोस्रो हाफमा चार गोल गरेको आर्सनलको क्वार्टर फाइनल लगभग पक्का भएको छ। आर्सनलले क्वार्टरफाइनमला म्याड्रिडका दुई टोली बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

सुरुमै घरेलु टोलीका इस्माइल साइबेरीको बल बारमा लागेर फर्केको खेलको १८ औँ मिनेटमा आर्सनलका लागि पहिलो गोल जुरिइन टिम्बरले गरेका थिए। त्यसको तीन मिनेट अर्थात् खेलको २१ औँ मिनेटमा १७ वर्षीय स्टार एथन एनवारीले आर्सनलका लागि अर्को गोल गरे।

माइकल मेरिनोले ३१ औँ मिनेटमा आर्सनलका लागि अर्को गोल गरे। पहिलो हाफको अन्त्यमा पाएको पेनाल्टीको उपयोग गर्दै पिएसभीका लागि खेलको ४३ औँ मिनेटमा नोआ लाङले गोल फर्काए। पहिलो हाफ ३-१ गोल अन्तरमा सकिएको खेलको दोस्रो हाफमा आर्सनलले एकतर्फी चार गोल गरेको हो।

दोस्रो हाफको सुरुवात अर्थात् खेलको ४७ औँ मिनेटमा मार्टिन आरेगार्डले व्यक्तिगत पहिलो गोल गर्दै गर्दा टिमका लागि चौथो गोल गरेका थिए। उनले ७३ औँ मिनेटमा थप एक गोल गरे। आर्सनलका लागि ट्रोसार्डले ४८ औँ मिनेटमा गोल गरे भने अन्तिम गोल ८५ औँ मिनेटमा कालाफियोरीले गरे।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ६ : ५५ बजे

चार महिनामा विपद्का पाँच हजार बढी घटना, २५० जनाको मृत्यु

काठमाडौँ– बितेको चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा बढी

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

बागलुङ– कानुनतः वर्षातको समयमा नदीजन्य पदार्थ उत्खनन् गर्न पाइँदैन ।

युरिया मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ

बागलुङ– किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया मल बागलुङबाट वीरगञ्ज

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा