अमेरिकाबाट फर्काइएका ८ नेपालीलाई प्रहरीले नियन्त्रणमा लियो « Khabarhub

अमेरिकाबाट फर्काइएका ८ नेपालीलाई प्रहरीले नियन्त्रणमा लियो


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अवैध रुपमा प्रवेश गरेर कागजातबिना बस्दै आएका ८ नेपाली नागरिकलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ। सुरुमा अमेरिकी जहाजले १० नेपाली फिर्ता ल्याइदिएको बताइए पनि ८ जना मात्रै रहेको खुलेको छ ।

बुधबार बिहान करिब १० बजे उक्त विमान त्रिभुवन विमानास्थलमा अवतरण गरेपछि सबै ८ नेपालीलाई  प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले नियन्त्रणमा लिएको छ ।

नेपाल ल्याइएका ती व्यक्तिहरूलाई प्रहरीले मानव बेचबिखनसम्बन्धी कसुरमा सोधपुछ अघि बढाउने भएको छ।

अमेरिकाबाट आधिकारिक कागजात अभावमा फिर्ता ल्याइएका उनीहरूलाई नेपाली नागरिकसरह उनीहरूमाथि सोधपुछ गरिने भएको छ । सोधपुछ गरिसकेपछि कागजात गराएर छाड्ने तयारी ब्यूरोले गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार अवैध रूपमा अमेरिकामा बसोबास गर्दै आएका उनीहरूलाई स्वदेश फर्काइएको हो ।

डोनाल्ड ट्रम्पले गत जनवरी २० मा दोस्रो कार्यकालका लागि शपथ लिएसँगै अवैध आप्रवासीमाथि धरपकड तीव्र पारेको अमेरिकी प्रशासनले विशेष विमानमार्फत् बुधबार उनीहरूलाई नेपाल पठाइदिएको हो ।

हवाइ र स्थलमार्गबाट अमेरिका छिरेर अवैध रुपमा बस्दै आएका नेपालीको संख्या हजारौँ रहेको छ । जसमध्ये नेपाल फर्काउने सूचीमा करिब १८ सय जना छन् ।

अवैध आप्रवासी लखेट्ने अमेरिकी नीतिअनुसार कागजातविहीन नेपालीलाई पहिलोपटक विमान चार्टर गरी फर्काइएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी विदेशी नागरिक निकाल्ने अभियानलाई तीव्र पारेका छन् ।

जनवरी २० मा अमेरिकाको ४७ औँ राष्ट्रपति बनेसँगै डोनाल्ड ट्रम्पले अवैध रुपमा आएका आप्रवासी लखेट्ने अभियान थालेका थिए ।

कागजातबिना बसेका लाखौँ आप्रवासीलाई कुनै पनि हालतमा निकालिछाड्ने अठोट लिएका ट्रम्पको निर्देशनपछि देशभर धरपकड अभियान चलाइएको थियो । यसअघि भारतबाट गएर अवैध रुपमा बसेकाहरूलाई अमेरिकी जहाजले तीन पटक फर्काइसकेको छ ।

अमेरिकाले १४ लाखभन्दा बढी अवैध आप्रवासीलाई स्वदेश फर्काउने प्रक्रिया थालिसकेको छ। अमेरिकास्थित अध्यागमन विभागले सार्वजनिक गरेको विवरणअनुसार संसारभरका १४ लाख ४५ हजार ५४९ जना आप्रवासीलाई निकाल्ने तयारी छ ।

यसरी निकालिनेहरूको सूचीमा एक हजार ३६५ जना नेपाली रहेका छन् । यो सूचीमा १७ हजार ९४० जना भारतीय छन् । उता चीनका भारतकोभन्दा दोब्बर अर्थात् ३७ हजार ९०८ जना छन् ।

दक्षिण एसियाको अर्को मुलुक बंगलादेशका चार हजार ८३७ जना भुटानका १२२ जना पाकिस्तानका सात हजार ७६० जना र श्रीलंकन तीन हजार ६५ जना छन्।

ट्रम्पको अभियानका कारण संसारभरबाट करोडौं खर्च गरेर अमेरिका छिरेका आप्रवासीको बिजोग हुन थालेको छ । अमेरिकी अध्यागमन तथा सीमा सुरक्षा अधिकारीलाई ट्रम्प प्रशासनले कागजातविहीन आप्रवासीलाई पक्राउ गर्ने क्रम तीव्र बनाउन भनिसकेको छ। पक्राउ परेकालाई हातखुट्टा दुवैमा सिक्रीले बाँधेर पठाउने गरिएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  १२ : ४७ बजे

हिमालयन लाइफको सीईओ नियुक्ति रोक्न सर्वोच्चको आदेश

काठमाडौं–सर्वोच्च अदालतले हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नयाँ प्रमुख कार्यकारी अधिकृत

‘संक्रामक पशु रोग नियन्त्रण विधेयकमाथि भएका सुझावले कानुनलाई थप विशिष्ट बनाउँछ’

काठमाडौं– विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३

बाफिया संशोधन गर्दै कारबाही भोगेका व्यक्ति बैंक सञ्चालक बन्न पाउने!

काठमाडौं– सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन गर्दै

कक्षा १ देखि १२ सम्म यौन शिक्षा अनिवार्य गर्न रञ्जु दर्शनाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रन्जु दर्शना न्यौपानेले बालबालिका तथा

हर्मुज जलघाँटी खुलाउनेबारे इरान–ओमानबीच छलफल

तेहरान- हर्मुज जलघाँटी हुँदै जहाजको आवागमन सहज बनाउने विषयमा छलफल गर्न