कुलमान हटाउने कोसिस चलिरहँदा माओवादी, रास्वपा र राप्रपाले घेरे सरकारलाई | Khabarhub Khabarhub

कुलमान हटाउने कोसिस चलिरहँदा माओवादी, रास्वपा र राप्रपाले घेरे सरकारलाई


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


690
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन कोसिस गरेको भन्दै प्रतिनिधि सभामार्फत् सरकारलाई घेरेका छन् ।

घिसिङलाई कार्यसम्पादन मूल्यांकनका नाममा ऊर्जामन्त्री दीपक खड्काले शून्य अंक दिएको विषय उनीहरूले संसद्मा उठाउँदै सरकारको आलोचना गरेका हुन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारको कदमको विरोध गर्दै कुलमानको स्पष्टीकरण र शून्य अंकबारे घेर्ने प्रयास गरेका हुन् ।

पाण्डेले भने, ‘जसले राम्रो काम गरेको छ । विद्युत् प्राधिकरणले राम्रो नाफा गरिरहेको छ, त्यसलाई शून्य अंक दिइएको छ। निरन्तर स्पष्टीकरण सोध्ने कुरा पनि आइरहेको छ, यो आपत्तिजनक छ ।‘

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले पनि यो विषय संसद्मा उठाएर सरकारलाई घेरेका छन् । उनले एउटा कुलमानलाई राज्यले यसरी लखेटे हजारौँ कुलमान लिएर आउने चेतावनी दिए । उनले भने, ‘राज्यले राम्रो काम गर्ने मान्छेलाई लखेटिरहेको छ । यस्तै हो भने हामी हजारौँ कुलमान लिएर आउँछौँ ।’

राप्रपाकी सांसद बीना लामाले पनि कुलमानलाई हटाउने सरकरको कोसिसको संसद्मा विरोध गरिन् ।

उनले भनिन, ‘यो सरकार गठन भएदेखि नै कुलमानलाई हटाउने भनेर आतंक मच्चाइरहेको छ । यसको मुख्य उद्देश्य के हो ? राम्रो काम गर्नेले यही नियति भोग्नुपर्ने हो ? घिसिङले बुझाएको प्रतिवेदन नबुझ्ने अनि आफैँले अंक दिने यसको जवाफ माग्छु ।’

यस्तै राप्रपाबाटै सांसद ज्ञानेन्द्र शाहीले पनि कुलमानलाई हटाए सदन र सडकबाटै आन्दोलन गर्ने चेतावनी दिए ।

‘कुलमान घिसिङलाई हटाउने जुन प्रपञ्च यहाँ गरिदैछ र मन्त्रिपरिषद्बाट निर्णय हुँदैछ भन्न सुन्नमा आएको छ,’ शाहीले भने, ‘यदि, कुलमानलाई हटाइयो भने नेपाललाई अन्धकारतिर धकेलेको भन्ने ठानेर सडक र सदन दुईटैबाट आवाज उठ्छ ।’

यता सभामुखले कारबाहीबारे जानकारी गराउन संसद् बैठकबाट रुलिङ गरेका छन्।

उनले भने, ‘प्रतिपक्षीले राखेको विषय, अन्य माननीयहरूले शून्य, विशेष समय र आकस्मिक समयमा राख्नु भएको विषयमा ‍२०७९ नियम १५ उपनियम २ बमोजिम सम्बन्धित मन्त्रीहरूको ध्यानाकर्षण गराउँछु।’

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  १ : ५४ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले