अब पहाडी क्षेत्रको बसाइँसराई रोक्ने योजना चाहियो : मुख्यमन्त्री कार्की « Khabarhub

अब पहाडी क्षेत्रको बसाइँसराई रोक्ने योजना चाहियो : मुख्यमन्त्री कार्की


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहाडी क्षेत्रको बसाइँसराई रोक्ने योजना बनाउनुपर्ने बताएका छन् ।

विराटनगरमा प्रदेश योजना आयोगको आयोजना तर्जुमा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले पहाडबाट तराईमा बसाइँ सर्ने प्रवृत्ति अत्यधिक रहेकोले त्यसलाई रोक्ने योजना बनाएर कार्यान्वयन गर्नुपर्ने बताए ।

उनले असन्तुलित बजेट वितरणलाई रोकेर समानुपातिक र कामयाबी बजेट बनाउनुपर्नेमा जोड दिए।

पहाडी क्षेत्रको जनजीवन सहज बनाउने रोजगारी सिर्जना गर्ने विषयलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री कार्कीले भने, ‘हामी जति लगानी गरेर योजनाका काम गर्छौं, हाम्रा लक्ष्य र उद्देश्य पूरा हुनुपर्छ ।’

उनले लगानी गरेका कामहरूबाट आम्दानी हुनेगरी योजना बनाए प्रदेशको आर्थिक स्रोत पनि बलियो हुनेबताए । मुख्यमन्त्री कार्कीले प्रदेशको स्रोत सीमित भएकोले अब पर्यटन क्षेत्रमा लगानी गरेर प्रदेशलाई पनि आम्दानी हुने गरी काम गर्नुपर्ने उल्लेख गरे ।

स्थानीय तहले पर्यटनको क्षेत्रमा लगानी गर्दा हामीले पनि संयुक्त रुपमा लगानी गरेर त्यसको आम्दानी प्रदेश र स्थानीय तहलाई बाँड्ने गरी योजना ल्याउनुपर्नेमा उनले जोड दिएका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  २ : ३८ बजे

साइबर ब्युरो भएको भवन महानगरपालिकालाई दिने गृहको सहमति  

काठमाडौं– गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर ब्युरो

वित्तीय समावेशीकरण सूचकाङ्कमा सुधार

काठमाडौं– नेपालमा वित्तीय सेवामा पहुँच, प्रयोग र गुणस्तरमा उल्लेखनीय सुधार

‘नेपाललाई युक्रेन बनाउन भदौमा विध्वंश मच्चाइयो, निर्वाचनबाट ‘जेलेन्स्की’ ल्याउन खोजिँदैछ’

काठमाडौं- नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले आगामी फागुन २१

निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गर्न सबैसँग समन्वय गर्न गृहमन्त्री अर्यालको निर्देशन

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरस्थित मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतको कार्यालय