नसर्ने रोग र यौन दुर्व्यवहार रोक्न शिक्षकलाई तालिम | Khabarhub Khabarhub

नसर्ने रोग र यौन दुर्व्यवहार रोक्न शिक्षकलाई तालिम


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नसर्ने रोग र लैङ्गिक असमानता तथा यौन दुर्व्यवहार रोकथामका लागि शिक्षकहरूलाई प्रशिक्षक प्रशिक्षण तालिम दिइएको छ । 

निरोगी एवं समतामूलक समाज निर्माणका लागि भाष्कर–तेजश्री स्मृति प्रतिष्ठानले शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँगको साझेदारीमा दिइएको तालिममा सातै प्रदेशबाट तीन–तीन जना प्रशिक्षक तथा रोस्टर प्रशिक्षक सहभागी छन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले उपचार गरेर केही बिरामीलाई निको पार्न सकिन्छ तर रोग लाग्नै नदिने भनेको सचेतना एवं सशक्तीकरण नै हो र त्यसको सशक्त माध्यम भनेको बालबालिका एवं विद्यालय नै रहेको बताए । 

उनले कुनै पनि कुरा समाजमा पुर्‍याउने मेरुदण्ड भनेको विद्यालय र बालबालिका नै भएको हुँदा नसर्ने रोग र लैङ्गिक असमानता तथा यौन दुर्व्यवहार रोकथामसम्बन्धी जनचेतना जगाउन विद्यालय नै रोजेको र शिक्षकलाई नै यसको प्रशिक्षक बनाउन तालिम दिएकोमा भाष्कर–तेजश्री फाउण्डेसनलाई धन्यवाद दिए । काप्रीले सिकेका कुरालाई व्यवहारमा कार्यान्वयन गर्न प्रशिक्षक शिक्षकहरूलाई निर्देशनसमेत दिए ।

भाष्कर तेजश्री स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष प्राडा रीता थापाले नवयुवा भनेको भोलिको नेतृत्व र समृद्धि भएको हुँदा उनीहरूलाई स्वस्थ राख्न र समतामूलक एवं दुर्व्यवहारमुक्त समाज निर्माण गर्न पहल गर्नु नै फाउण्डेसनको उद्देश्य रहेको बताइन् । 

थापाले समाजमा दुर्व्यवहार गर्ने ८९५ आफैँले चिनेका व्यक्ति हुने भएको हुँदा नवयुवालाई सशक्तीकरण गर्नु नै यसको न्यूनीकरण एवं रोकथाम भएको बताइन् ।

स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा.सङ्गीता मिश्रले स्वास्थ्य र शिक्षाको सम्बन्ध अत्यन्त पारस्परिक हुने भएको हुँदा शिक्षाको माध्यमबाट नै नसर्ने रोग र लैङ्गिक असमानता तथा यौन दुर्व्यवहार रोकथाम सम्बन्धी सचेतना कार्यक्रम गर्नु भाष्कर–तेजश्री स्मृति प्रतिष्ठानको महत्त्वपूर्ण कार्य भएको बताइन् । 

उनले बालिकाको संवेदनशीलतालाई बुझिदिन शिक्षक प्रशिक्षकलाई आग्रह समेत गरिन् । डा. मिश्रले बालिकाले एक अर्कासँग सम्बन्धित नभएका ८र१० थरिका कम्प्लेनहरू गरे भने त्यहाँ यौन दुर्व्यवहार भएको बुझ्नुपर्ने पनि बताइन् । 

साथै कुनै पनि ठाउँमा महिलाहरूको सङ्ख्यात्मक सहभागी ठुलो होइन, गुणात्मक सहभागी हुनुपर्ने डा. मिश्रको भनाइ थियो ।

चिकित्सा शास्त्र अध्ययन संस्थानका पूर्व डिन प्रा.डा.जगदीशप्रसाद अग्रवालले ७४५ मान्छे नसर्ने रोगका कारण मरिरहेको बताए । उनले नसर्ने रोगबाट बच्ने उपाय भनेको खानपान र जीवनशैली नै भएको बताए । खानपान जीवनशैलीमा सुधार शारीरिक व्यायाम गर्ने हो भने ५८५ मधुमेह त बिसेक समेत हुने अग्रवालको भनाइ थियो । 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक चन्द्रकान्त भुसालले भाष्कर-तेजश्री स्मृति प्रतिष्ठानसँग शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नसर्ने रोग र लैङ्गिक असमानता तथा यौन दुर्व्यवहार रोकथाम सम्बन्धी सचेतना कार्यक्रम विद्यालय लेबलबाट अभिभावकसमक्ष पुर्‍याउन सकिन्छ भनेर नै एमओयु गरिएको बताए । 

शिक्षकलाई प्रशिक्षित गरी समाजलाई राम्रो प्रभाव पार्न सकिन्छ भनेर एमओयु गरिएको उनको भनाइ थियो । भुसालले नेपाल सरकारले लिएको संवैधानिक एवं नीतिगत कुरालाई व्यवहारमा कार्यान्वयन गराउन प्रतिष्ठानले सहयोग गर्न सक्ने विश्वास लिएको समेत बताए ।

विश्व स्वास्थ्य सङ्गठन नेपालका प्रमुख डा. संभाजी राव पाण्डवले नसर्ने रोगबाट बच्ने र बचाउने भनेको जागरण एवं सशक्तीकरण नै रहेको बताए। विद्यालय तहबाट नै जीवनशैलीप्रति बालबालिकालाई सचेत र सशक्तीकरण गराउन सकेमा नसर्ने रोगको मृत्युदर घट्न सक्ने उनले बताए।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक महेन्द्र पराजुलीले भाष्कर-तेजश्री स्मृति प्रतिष्ठानले गर्न खोजेको कामको गम्भीरतालाई बुझेर नै प्रतिष्ठानसँग केन्द्रले सहकार्य गरेको बताए । सहकार्य समाजका लागि उपयोगी हुनेमा विश्वस्त रहेको पराजुलीको भनाइ थियो ।

विशेष गरेर स्वास्थ्य र सामाजिक विषयसँग सम्बन्धित तालिम भएको हुँदा स्वास्थ्य शारीरिक र सामाजिक विषयका प्रशिक्षक र रोस्टर प्रशिक्षकलाई तालिममा सहभागी गराइएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गौरीशङ्कर पाण्डेले बताए ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ३ : ५८ बजे

राप्रपाले भन्यो– अध्यक्ष र नेताहरूलाई अविलम्ब रिहा गरियोस्

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन

पुटिनको इस्टर युद्धविरामका बाबजुद रुसी आक्रमण रोकिएन : जेलेन्स्की

क्रामाटोर्स्क– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आइतबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले

सिक्वेलले अभिनयमा फर्कायो कामेश्वरलाई, ‘अभिमन्यु’मा लिड हिरो

काठमाडौं – ७० को दशकमा कामेश्वर चौरसिया सहायक भूमिकाका लागि

जुम्ला पुगेर खानेपानी मन्त्रीले भने- खानेपानीसहित विविध समस्या समाधान गर्छु

जुम्ला– खानेपानीमन्त्री प्रदीप यादवले जिल्लामा निर्माणधीन खानेपानी आयोजनाको अनुगमन गरेका

अस्ट्रेलियाको तटमा ठूलो छाल : डुबेर ६ जनाको मृत्यु

सिड्नी– आइतबार सिड्नी नजिकै चट्टानबाट खसेपछि एक मछुवाको मृत्यु भएको