दुई पत्रकारको पास निलम्बन फिर्ता गर्न महासंघको आग्रह « Khabarhub

दुई पत्रकारको पास निलम्बन फिर्ता गर्न महासंघको आग्रह


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पत्रकार महासंघले प्रधानमन्त्री केपी शर्मा ओलाीलाई प्रश्न गर्ने पत्रकारको पास निलम्बन फिर्ता लिएर प्रेस स्वतन्त्रताको सम्मान गर्न संघीय संसद्समक्ष आग्रह गरेको छ । 

महासंघले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै संसद्लाई पत्रकारद्वय किशोर श्रेष्ठ र प्रकाश ओलीको संसद् प्रवेश पास निलम्बन फिर्ता लिएर प्रेस स्वतन्त्रताको सम्मान गर्न आग्रह गरेको हो ।  

‘पत्रकारले सोधेको प्रश्न पत्रकार आचारसंहिता प्रतिकूल भए–नभएको मापन गर्ने क्षेत्राधिकार प्रेस काउन्सिल नेपालको हो,’ महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘महासंघ काउन्सिलको क्षेत्राधिकारलाई ख्याल गरी पत्रकारको पास निलम्बन फिर्ता लिई प्रेस स्वतन्त्रताको सम्मान गर्न संघीय संसद्समक्ष आग्रह गर्दछ ।’ 

महासंघले पेशागत धर्म निर्वाहका क्रममा पत्रकार आचारसंहिताको ख्याल गर्न पनि पत्रकार र सञ्चार माध्यमहरूको ध्यानाकर्षण गराएको छ । 
 
प्रतिनिधिसभा बैठकपछि बाहिरिँदै गर्दा फागुन ४ गते प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दा पत्रकारद्वय श्रेष्ठ र ओलीले संसदीय मर्यादा र अनुशासनको उल्लघंन गरेको भन्दै  संसद् सचिवालयले बुधबार प्रवेश पास निलम्बन गरेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ४ : ३२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको