रोगविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयन गरिन्छ : स्वास्थ्यमन्त्री  « Khabarhub

रोगविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयन गरिन्छ : स्वास्थ्यमन्त्री 


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बुटवल– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बुटवल कालिका बहुमुखी क्याम्पसले विद्यार्थीको अनलाइन पढाइका लागि निर्माण गरेको डिजिटल स्टुडियोको उद्घाटन गरेका छन् ।

नेपालमै सरकारी क्याम्पसहरूमध्येमा अनलाइन पठनपाठनका लागि पहिलो दाबी गरिएको स्टुडियोका माध्यमबाट भौतिक कक्षामा उपस्थित हुन नसक्नेलाई अनलाइनमार्फत भिडियो कक्षामा सहभागी गराइने क्याम्पसले जनाएको छ । 

स्टुडियोको उद्घाटन गर्दै मन्त्री पौडेलले आफू नेतृत्वमा आए पछि संघीय अस्पतालहरूको सेवामा सुधार आएको र नागरिकका जटिल रोगको उपचार सेवा विस्तार तथा सुधार भइरहेको बताए ।

 ‘हामीले स्वास्थ्य सेवा सुधारमा इमानदार प्रयास गरिरहेका छौँ । र पहिले भन्दा केही परिवर्तन भएको पनि छ,’ मन्त्री पौडेलले भने, ‘रोग लाग्न नदिन निरोधात्मक विधिसमेत प्रवर्द्धन गरिरहेका छौँ ।’

मन्त्री पौडेलले विद्यालयहरूमा विद्यालय स्वास्थ्य दूत नियुक्त गरेर बालबालिकाहरूमार्फत स्वास्थ्यसम्बन्धी सचेतना समुदाय स्तरसम्म पुर्‍याउने कार्य प्रारम्भ भएको बताए । 

‘हाम्रा विद्यालयहरूमा स्वास्थ्य शिक्षा अनिवार्य र पाठ्यक्रम सुधारका लागि शिक्षा मन्त्रालयसँगसमेत सहकार्य गरिरहेका छौँ,’ मन्त्री पौडेलले भने, ‘विद्यालय शिक्षाका माध्यमबाट नागरिकमा स्वस्थ जीवनशैलीका प्रभावकारी विधि प्रवर्द्धन गरेर नागरिकलाई स्वस्थ बनाउने हाम्रो प्रयास रहनेछ ।’

मन्त्री पौडेलले नागरिकका स्वास्थ्य उपचारसम्बन्धी विवरण पटक पटक जाँच गर्नु नपर्ने गरी एउटै प्रणालीमा आउने र राज्यले नागरिकको स्वास्थ्यबारे प्रभावकारी तथ्यांक पाउने गरी विद्युतीय चिकित्सा व्यवस्थापन प्रणाली कार्यान्वयनको चरणमा गएकाले यसले स्वास्थ्य सेवामा अर्को योगदान दिने विश्वास व्यक्त गरे ।

क्याम्पस प्रमुख घनश्याम पाठकले डिजिटल प्रविधिबाट कक्षा आउन नसक्नेलाईसमेत ध्यानमा राखेर थालिएको भिडियो अनलाइन कक्षा सरकारी क्याम्पसहरूमा पहिलो भएको दाबी गरे।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ५ : २३ बजे

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली– नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा

राप्रपा बागमती प्रदेश संसदीय दल सरकार गठनको दौडबाट बाहिर

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश

खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजनाको विवरण सङ्कलन गर्न स्थानीय तहसँग समन्वय गरिने

काठमाडौं – राष्ट्रिय योजना आयोगले खाद्य प्रणाली रूपान्तरणसम्बन्धी रणनीतिक योजना कार्यान्वयनका क्रममा

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीका संरचनामा क्षति

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा शुक्रबार बिहान सुख्खा

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न