माइतीघरमा बृहत् प्रदर्शन गर्ने तयारीमा शिक्षक « Khabarhub

माइतीघरमा बृहत् प्रदर्शन गर्ने तयारीमा शिक्षक


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल शिक्षक महासंघले आगामी फागुन २४ गते काठमाडौंको माइतीघरमा बृहत् प्रदर्शन गर्ने भएको छ । 

संसद्मा विचाराधीन रहेको संघीय शिक्षा ऐनमा आफ्ना विभिन्न मुद्दाहरू समेटिनुपर्ने मागसहित शिक्षकहरूले प्रदर्शन गर्न लागेका हुन् ।

अस्थायी प्रकृतिका शिक्षकको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, शिक्षकहरूलाई स्थानीय सरकार मातहत राख्न नहुनेलगायत उनीहरूको माग रहेको छ । 

बाल कक्षा शिक्षक (इसीडी), अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्यांकनलगायत विषय शिक्षकहरूले अगाडि सारेका छन् ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिले पनि ७७ वटै जिल्ला समिति र सात प्रदेशका समितिहरूलाई काठमाडौंमा हुने प्रदर्शनमा सहभागी हुन सर्कुलर जारी गरेको छ । 

राहत शिक्षक केन्द्रीय समितिले काठमाडौं, भक्तपुर र ललितपुरका राहत शिक्षकहरूको उपस्थिति अनिवार्य गराएको छ । 

उक्त प्रदर्शनमा देशभरबाट ३६ हजारभन्दा बढी शिक्षकहरू काठमाडौं आउने तयारी रहेको महासंघले गरेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ६ : २५ बजे

वधशाला र मासु पसलमा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु वधशाला र मासु पसललाई

कांग्रेस सभापतिको दौडबाट पछि हटे राठौर,  अब गगनका प्रतिस्पर्धी श्यामकृष्ण 

काठमाडौं– नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार किशोर सिंह राठौरले आफ्नो

खाने तेल व्यवसायीको माग- भन्सार दर घटाऔँ

काठमाडौं- भारतले सुर्यमुखी तेलको भन्सार दर करिब ११ प्रतिशत घटाएपछि

रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

काभ्रेपलाञ्चोक– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हामी आउँदैछौँ’ भन्ने

कांग्रेस महाधिवेशन : मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा पदाधिकारी र सदस्य पदका