माइतीघरमा बृहत् प्रदर्शन गर्ने तयारीमा शिक्षक « Khabarhub

माइतीघरमा बृहत् प्रदर्शन गर्ने तयारीमा शिक्षक


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल शिक्षक महासंघले आगामी फागुन २४ गते काठमाडौंको माइतीघरमा बृहत् प्रदर्शन गर्ने भएको छ । 

संसद्मा विचाराधीन रहेको संघीय शिक्षा ऐनमा आफ्ना विभिन्न मुद्दाहरू समेटिनुपर्ने मागसहित शिक्षकहरूले प्रदर्शन गर्न लागेका हुन् ।

अस्थायी प्रकृतिका शिक्षकको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, शिक्षकहरूलाई स्थानीय सरकार मातहत राख्न नहुनेलगायत उनीहरूको माग रहेको छ । 

बाल कक्षा शिक्षक (इसीडी), अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्यांकनलगायत विषय शिक्षकहरूले अगाडि सारेका छन् ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिले पनि ७७ वटै जिल्ला समिति र सात प्रदेशका समितिहरूलाई काठमाडौंमा हुने प्रदर्शनमा सहभागी हुन सर्कुलर जारी गरेको छ । 

राहत शिक्षक केन्द्रीय समितिले काठमाडौं, भक्तपुर र ललितपुरका राहत शिक्षकहरूको उपस्थिति अनिवार्य गराएको छ । 

उक्त प्रदर्शनमा देशभरबाट ३६ हजारभन्दा बढी शिक्षकहरू काठमाडौं आउने तयारी रहेको महासंघले गरेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ६ : २५ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी