जापानले बिक्रीमा राख्यो विश्वको ‘सबैभन्दा सही’ समय दिने घडी « Khabarhub

जापानले बिक्रीमा राख्यो विश्वको ‘सबैभन्दा सही’ समय दिने घडी


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

टोकियो- विश्वकै ‘सबैभन्दा सही समय’ दिने फराकिलो फ्रिजजस्तै देखिने घडी जापानले बुधबार ३३ लाख अमेरिकी डलरमा बिक्रीका लागि राखेको छ ।

क्योटोस्थित निर्माता कम्पनी शिमाद्जु कर्पोरेसनका अनुसार ‘एथर क्लक ओसी ०२०’ समयका लागि यति सही छ कि यसलाई एक सेकेन्डले विचलित हुन १० अर्ब वर्ष लाग्नेछ ।

‘स्ट्रोन्टियम अप्टिकल ल्याटिस क्लक’ भनेर चिनिने यो घडी सेकेन्ड परिभाषित गर्ने हालको मानक सीजियम आणविक घडीभन्दा १०० गुणा बढी सही भएको शिमादजु कर्पोरेसन ले जनाएको छ ।

‘कभर’सहित करिब एक मिटर (तीन फिट) अग्लो यो घडी मेशिनको आयतन २५० लिटर क्ष्मताको मात्र छ यो अनुसन्धानको क्षेत्रमा पनि प्रयोग गर्न सकिन्छ।
 
शिमाद्जुले आगामी तीन वर्षमा आफ्ना १० वटा घडी बिक्री गर्ने लक्ष्य राखेको छ । ग्राहकहरूले टेक्टोनिक गतिविधिको अवलोकन जस्ता क्षेत्रहरूमा वैज्ञानिक अनुसन्धानलाई अगाडि बढाउन ती घडीहरू प्रयोग गर्न उपयागी हुने कम्पनीले बताएको छ । 

टोकियोको प्रसिद्ध स्काइ ‘ट्री’मा यसअघि सापेक्षताको सामान्य सिद्धान्तको परीक्षण गर्न अप्टिकल जाली घडीहरू जडान गरिएको थियो । परीक्षणपछि ‘बलियो गुरुत्वाकर्षण भएको ठाउँमा समय बिस्तारै बग्छ’ भन्ने निष्कर्ष निकालिएको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ७ : ३८ बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने