केटीले ‘ब्याग’लाई किन साथी बनाउँछन् ? « Khabarhub

केटीले ‘ब्याग’लाई किन साथी बनाउँछन् ?



ब्याग नबोकी केटी प्राय घर बाहिर निस्कदैनन् । महङ्गो होस् वा सस्तो उनीहरु ब्याग बोक्छन्। ड्रेससँग म्याचिङ वा अनम्याचिङ ब्याग साथमा हुन्छ। त्यसैले केटीका लागि कम्पनीले विभिन्न डिजाइनका ब्याग उत्पादन गर्छन्।

बजारमा नयाँ–नयाँ स्टाइलको ब्याग आउँछ। केटा पनि बोक्छन् तर केटीको तुलनामा कम। पैसाकै लागि केटाले प्यान्टको गोजीमा पर्स हालेर हिँड्छन्। तर प्यान्ट नै लाए पनि केटीले पर्स मात्रै बोकेर हिँड्दैनन्। ब्याग विना उनीहरुले आफूलाई अपुरो मान्छन्।

किन बोक्छन् ब्याग ?

धेरैलाई लाग्ला केटीले मेकअपको सामान बोक्ने भएकाले ब्याग अनिवार्य बोक्छन्। खर्च कम गर्न उनीहरु झोलामा खानेकुरा लगायत जुसपानी बोकेर हिँड्छन्। केटीलाई कच्याकुचुक खाइराख्ने बानी हुन्छ, त्यसैले बोक्छन्। घामबाट जोगिन छाता बोक्ने भएकाले पनि बोक्छन्। अथवा आफूलाई स्मार्ट देखाउन पनि ब्याग बोक्छन्।

बजारमा नयाँ–नयाँ स्टाइलको ब्याग आउँछ। केटा पनि बोक्छन् तर केटीको तुलनामा कम। पैसाकै लागि केटाले प्यान्टको गोजीमा पर्स हालेर हिँड्छन्। तर प्यान्ट नै लाए पनि केटीले पर्स मात्रै बोकेर हिँड्दैनन्। ब्याग विना उनीहरुले आफूलाई अपुरो मान्छन्।

श्रृङगारको सामान मात्र नभइ महिलाले सेनिटरी प्याड र न्यापकिन लगायतका सामान बोकेर हिँड्नुपर्ने हुँदा ब्याग नबोकी महिला नहिँड्ने कमला शर्मा बताउँछिन्। एक निजी संस्थामा कार्यरत शर्मा आफ्नो अनुभव सुनाउँछिन्, ‘हरेक महिना महिनाबारी हुन्छ, कहिले समय अगाडि कहिले पछाडि भइदिन्छ। कार्यालयमा वा हिँड्दै गर्दा हुन सक्छ। त्यसको तयारीका लागि सेनिटरी प्याड बोकेर हिँड्नु पर्ने हुन्छ।’

त्यस्तै, अर्की कल्पना थापा आफ्नो सामान पैसाको सुरक्षाको सवालमा पुरुषको तुलनामा महिला संवेदनशील हुने भएकाले महिलाले अनिवार्य ब्याग बोक्ने गरेको बताउँछिन्। उनी भन्छिन्, ‘श्रृङगारकै सामान बोक्न वा फेसनको लागि भन्दा पनि सुरक्षाको दृष्टिले महिलाले ब्याग बोक्छन्। पर्सको तुलनामा ब्याग सुरक्षित हुन्छ।’

अर्को बोक्ने बानी लागेपछि ब्यागविना अधुरो लाग्ने उनको अनुभव छ। ‘छोरीलाई सानैदेखि आमाको नक्कल गर्न मन लाग्छ। आमाले सधै ब्याग बोकेर हिँडेको देखेपछि उनीहरु पनि सिक्छन्। पछि त्यो बानीमा परिणत हुन्छ, उनले थपिन्। तर ब्याग केटीहरुले श्रृङगारको सामान, खानेकुरा वा अन्य सामग्री राख्न मात्रै बोक्दैनन्। केटीहरुका लागि ब्याग ‘साथी’ हो।
कसरी ?

छोरीलाई हामीले धेरै कुरा सिकायौँ। लुगा लगाउन, सुस्त बोल्न, खित्का छाडेर नहाँस्न, आवाज नआउने गरी हिँड्न, खाना बनाउन, कुचो लगाउन घरको सबै काम सिकायौँ। बाहिर छोरी सुरक्षित छैनन्, हामीले सर्तक हुन सिकायौँ। घरभित्र र घरबाहिर कसरी उपस्थिति हुने भनेर सिकायौँ।

हामीले छोरीलाई आफूले जाने र भ्याएसम्म सिकायौँ। तर छोरालाई हामीले सार्वजनिक बसको सीटमा कसरी बस्ने ? सम्म सिकाउन भ्याएका छैनौँ।

भीडभाडमा जोगिएर हिँड्न र खराब नियतलाई चिन्न सिकायौँ। छोरीको लागि यो समाज कस्तो छ, त्यो हामी सबैलाई थाहा छ। त्यसकारण हामीले छोरीलाई आफूले जाने र भ्याएसम्म सिकायौँ। तर छोरालाई हामीले सार्वजनिक बसको सीटमा कसरी बस्ने ? सम्म सिकाउन भ्याएका छैनौँ।

तपाईं, हामी सबैले सार्वजनिक बस चढेकै छौँ। हामीलाई कुनै दुर्घटना नहुन्जेल त घटना सामान्य नै लाग्छ। सार्वजनिक बसमा भीड हुन्छ। भीडमा अलि अलि छोइनु स्वाभाविक लाग्न सक्छ। तर स्वभाविक छुवाइमा केटीले असहज अनुभव गरेको केटाले छेउ टुप्पो थाहा पाउँदैन।

सार्वजनिक बसमा चढ्ने सबै केटाको नियत गतल नै हुन्छ भन्न खोजिएको होइन। तर थाहै नपाइ हामीबाट अरुलाई अप्ठेरो पर्न गएको हुन्छ। केही मानिस आपराधिक मानसिकता नै बोकेर बस चढिरेहका हुन्छन्। उनीहरुलाई बसभित्रको भीड मन परिरहेको हुन्छ। त्यसको बहानामा केटी छुने नियत राख्छन्।

जस्तै दुई सीट हुन्छ। जसमा एक केटा र अर्को केटी बसेका छन्। यसै पनि नेपालको सार्वजनिक बस फराकिलो छैन। सीट प्राय साँघुरो नै छन्। केटीहरु दुई हात र आफ्ना दुई खुट्टा आफ्नो सीटको क्षेत्रभित्रै अटाउने प्रयास गर्छन्। अर्कातिर त्यहीँ केटा बसेको हुन्छ, उसले दुवै हात चराले पखेटा फिजाए जसरी फैलाउँछ। कसैको त अझ बलिउड अभिनेता शाहरुखको खानको ‘सिङनेचर पोज’ जसरी हात फैलाएको हुन्छ।

अर्को खुट्टा पनि त्यसैगरी पुरै फट्याएर आरामले बस्छ। उसको नियत केटीलाई समस्यामा पार्नु हुँदैन। तर आफ्नो पोजिसनले छेउको मान्छे कति अप्ठ्यारोमा परेको छ, पत्तै पाउँदैन। असहज अनुभव गर्नेले प्रतिक्रिया जनाओस् भने पनि त्यहाँ भएको केही होइन। तर अर्काको ख्याल नहुनु पनि अमानवीय नै हो।

किन विवेकले काम गर्दैन ?

हामीले आज पनि छोरालाई सार्वजनिक बसमा कसरी बस्ने सिकाएका छैनौँ। हिजो बाउ, अंकलहरुले पनि जानेनन्। आज छोराहरुलाई पनि थाहै छैन। किनभने कसैले सिकाएकै छैन।

हामीले आज पनि छोरालाई सार्वजनिक बसमा कसरी बस्ने सिकाएका छैनौँ। हिजो बाउ, अंकलहरुले पनि जानेनन्। आज छोराहरुलाई पनि थाहै छैन। किनभने कसैले सिकाएकै छैन।

नियतवश हिंसा गर्नेहरुसँग जोगिन पनि सकिन्छ। तर हिंसा गर्नेले नै मबाट भइरहेको व्यवहार अर्थात् क्रिया हिंसा हो भन्ने थाहा नपाउनेहरुबाट जोगिन धेरै गाह्रो पर्छ। सार्वजनिक बसमा पखेटा फिँजाएर बस्नेबाट ब्यागले केहीहदसम्म संरक्षण गर्छ। त्यसबखत ब्याग संरक्षक बन्न सक्छ।

सार्वजनिक बसको सीटमा बस्दा केटीहरुले काखमा ब्याग च्यापेर बस्दा केही दसम्म आफूलाई असहज लाग्ने परिस्थितिबाट जोगिन्छन्। अर्को हेराइको नियतबाट जोगिन ब्यागले सहयोग गर्छ। हामीमध्ये कतिलाई थाहा छ ? ३५ सेकेण्ड भन्दा धेरै एकोहोरिएर कसैलाई हेर्नु हिंसा हो। असल नियतले पनि हामीले कसैलाई ३० सेकेण्ड बढी एकोहोरिएर हेर्न मिल्दैन। तर हामी सेकेण्डको ख्याल नगरी मन लागुञ्जेल कसैलाई नियालिरहेका हुन्छौ।

कसैले एकोहोरो हेरिरह्यो भने कति अप्ठ्यारो हुन्छ ? प्राय सबैले भोगिरहेकै हो। अझ गतल नजरको सामना गर्नुपर्ने पक्ष बेग्लै छ। कसैको नियत के–कस्तो हुन्छ पत्तो हुँदैन। त्यस्तो नजरले व्यक्तिको मानसिक स्थिति नै खलबलिन्छ। उसले आफ्नो ‘सेन्स अफ ह्युमर’ गुमाउन सक्छ।

गतल नजरले हे-यो भनेर पुष्टि गर्न गाह्रो छ। नजर गलत लगायो भनेर उजुरी दिन जानु कहाँ ? अर्को, हाम्रो जस्तो देशमा गलत नजरलाई अपराध मान्ने चेतको विकास भइसकेको छैन। नियतको कुनै प्रमाण हुँदैन।

गतल नजरले हे-यो भनेर पुष्टि गर्न गाह्रो छ। नजर गलत लगायो भनेर उजुरी दिन जानु कहाँ ? अर्को, हाम्रो जस्तो देशमा गलत नजरलाई अपराध मान्ने चेतको विकास भइसकेको छैन। नियतको कुनै प्रमाण हुँदैन। त्यसखालको परिस्थितिबाट जोगिन केटीहरु ब्याग बोक्छन्। ब्यागले भौतिक र मानसिक रुपमै साथीको काम गर्छ। संरक्षक र सहाराको आभास दिलाउँछ। यी केही उदाहरण मात्रै हो, निष्कर्ष के हो भने केटीको लागि ब्याग धेरै ठाउँमा साथी बन्छ।

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  ८ : ३० बजे

ओलीलाई सुब्बाले भने : एमाले कुनै व्यक्तिको निजी कम्पनी होइन

काठमाडौं – नेकपा एमालेभित्र नेतृत्वबारे गम्भीर बहस चर्किएको छ। पार्टीको

पृथ्वी र विष्णुको कुरा सुनेर केपी ओली ट्वाँ

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्ष केपी ओलीलाई दरिलो

‘क्यूआर–क्यूआर’ भन्दै उडाउनेहरूले श्रमदान गर्दैनन्, विकास पनि देख्दैनन् : हर्क साम्पाङ

उर्लाबारी – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले श्रमदान

गोरखामा निर्माणाधीन जलविद्युत् आयोजनाको पर्खालबाट खसेर मजदुरको मृत्यु

गोरखा – गोरखामा निर्माणाधीन जलविद्युत् आयोजनाको पर्खालबाट खसेर आज एक

काभा भलिबल : नेपाल भारतसँग पराजित

काठमाडौं – राजधानीमा आजदेखि सुरु भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन