सङ्क्रमणकालीन आयोगका पदाधिकारी छनौट प्रक्रियामा सुझाव दिन आग्रह « Khabarhub

सङ्क्रमणकालीन आयोगका पदाधिकारी छनौट प्रक्रियामा सुझाव दिन आग्रह


२३ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस समितिले पदाधिकारी छनौट प्रक्रियाका बारेमा आफ्ना राय सुझाव उपलब्ध गराउन आग्रह गरेको छ ।

समितिको शुक्रबार बसेको बैठकले ती आयोगका अध्यक्ष तथा सदस्यको नाम सिफारिससम्बन्धी छनौट प्रक्रिया, २०८१ को मस्यौदामा सार्वजनिक रूपमा राय, प्रतिक्रिया माग गर्ने निर्णय भएको जनाएको छ । सोही निर्णयका आधारमा आप्ना राय सुझाव पठाउन आग्रह गरिएको समितिका प्रवक्ता डा. लीली थापाले जानकारी दिइन् ।

समितिले तयार पारेको मस्यौदा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको वेबसाइट र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको सूचना पाटीमासमेत प्रकाशन गरिएको जनाएको छ । सो मस्यौदा माथि यही चैत २६ गतेभित्र आफ्ना सुझाव पठाउन सकिने उल्लेख छ ।

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  ७ : ०० बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी