रवि गृहमन्त्री हुँदाको अवस्था सम्झन रास्वपालाई एमाले महासचिवको सुझाव « Khabarhub

रवि गृहमन्त्री हुँदाको अवस्था सम्झन रास्वपालाई एमाले महासचिवको सुझाव


२३ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


906
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपालाई सभापति रवि लामिछाने गृहमन्त्री हुँदाको अवस्था सम्झन सुझाव दिएका छन् ।

पोखरेलले आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत रविको गिरफ्तारीलाई संकेत गर्दै प्रहरीको पूर्जी काट्ने ‘रिति र थिति’ पुरानै रहेको स्मरण गराएका हुन् ।

उनले लेखेका छन्– ‘प्रहरीको पूर्जी काट्ने ‘रिति र थिति’ रविजी गृहमन्त्री हुँदाको अवस्थामा के थियो भन्ने रास्वपाका नेताहरुलाई थाहा नहुने कुरै भएन । तर पनि ‘सुधार’को खोजि यस्तै बेलामा हुने त हो नि !?’

रास्वपा सभापति लामिछानेलाई बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीले हिजो साँझ उनकै निवास हेपाली हाइटबाट पक्राउ गरेको थियो ।

रविको पक्राउलाई लिएर रास्वपाले सभापति रविको घरको बेडरुममा पसेर प्रहरीले पुर्जी लेख्ने अनौठो अभ्यास गरेको भन्दै विधिको शासनमा उक्त कार्य क्षम्य नहुने प्रतिक्रिया दिएको थियो ।

रास्वपाको सोही प्रतिक्रियाको जवाफमा महासचिव पोखरेलको उक्त स्टाटस आएको हो ।

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  ९ : ०४ बजे

आफूमाथि छानबिन गर्न माग गर्दै खगेन्द्रले भने : दोषी ठहरिए जस्तोसुकै सजाय भोग्न तयार छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका

उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

झापा – यहाँ उपभोक्ता हितविपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी