शिक्षकका जायज माग सम्बोधन गर्नुपर्छ : एनपी साउद « Khabarhub

शिक्षकका जायज माग सम्बोधन गर्नुपर्छ : एनपी साउद


२३ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


522
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले शिक्षकका जायज माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन् ।

काठमाडौंमा जारी शिक्षकहरूको आन्दोलनलाई समर्थन गर्दै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारसँग शिक्षकहरूका जायज माग पूरा गर्न आग्रह गरेका हुन् ।

‘शिक्षा देशको समृद्धिको आधार हो, शिक्षाको सुधार बिना मुलुकको प्रगति सम्भव छैन’, साउदले लेखेका छ्न्– ‘सन्तुष्ट शिक्षकबाट मात्र गुणस्तरीय शिक्षाको सुनिश्चितता सम्भव छ । त्यसैले शिक्षक तथा कर्मचारीका समस्या समाधान गर्दै देशलाई समृद्धिको दिशातर्फ लैजान ढिला गर्नु हुन्न।’

साउदले सामुदायिक शिक्षाको सुधार र शिक्षक–कर्मचारीका न्यायोचित मागबारे आफू सधैँ शिक्षकहरूसँग रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

शिक्षकहरू विद्यालय शिक्षा विधेयकका केही बुँदाहरूप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत छन् । उनीहरूले विधेयकमा सुधार नगरे सरकारसँग ठोस संघर्षमा जाने चेतावनी दिएका छन् ।

संघीय संसदको विषयगत समितिमा विद्यालय शिक्षा विधेयकमाथि छलफल चलिरहेकोबेला विधेयकका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका शिक्षकहरूका मागप्रति शिक्षा क्षेत्रमा क्रियाशील व्यक्तिहरूले गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औँल्याइरहेका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  ९ : २१ बजे

आफूमाथि छानबिन गर्न माग गर्दै खगेन्द्रले भने : दोषी ठहरिए जस्तोसुकै सजाय भोग्न तयार छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका

उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

झापा – यहाँ उपभोक्ता हितविपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी