शिक्षकका जायज माग सम्बोधन गर्नुपर्छ : एनपी साउद « Khabarhub

शिक्षकका जायज माग सम्बोधन गर्नुपर्छ : एनपी साउद


२३ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


522
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले शिक्षकका जायज माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन् ।

काठमाडौंमा जारी शिक्षकहरूको आन्दोलनलाई समर्थन गर्दै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारसँग शिक्षकहरूका जायज माग पूरा गर्न आग्रह गरेका हुन् ।

‘शिक्षा देशको समृद्धिको आधार हो, शिक्षाको सुधार बिना मुलुकको प्रगति सम्भव छैन’, साउदले लेखेका छ्न्– ‘सन्तुष्ट शिक्षकबाट मात्र गुणस्तरीय शिक्षाको सुनिश्चितता सम्भव छ । त्यसैले शिक्षक तथा कर्मचारीका समस्या समाधान गर्दै देशलाई समृद्धिको दिशातर्फ लैजान ढिला गर्नु हुन्न।’

साउदले सामुदायिक शिक्षाको सुधार र शिक्षक–कर्मचारीका न्यायोचित मागबारे आफू सधैँ शिक्षकहरूसँग रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

शिक्षकहरू विद्यालय शिक्षा विधेयकका केही बुँदाहरूप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत छन् । उनीहरूले विधेयकमा सुधार नगरे सरकारसँग ठोस संघर्षमा जाने चेतावनी दिएका छन् ।

संघीय संसदको विषयगत समितिमा विद्यालय शिक्षा विधेयकमाथि छलफल चलिरहेकोबेला विधेयकका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका शिक्षकहरूका मागप्रति शिक्षा क्षेत्रमा क्रियाशील व्यक्तिहरूले गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औँल्याइरहेका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  ९ : २१ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ