गाजामा इजरायली हमलाः युएनले भन्यो– प्रत्येक दिन एकसय बालबालिका मारिन्छन् या घाइते हुन्छन् « Khabarhub

गाजामा इजरायली हमलाः युएनले भन्यो– प्रत्येक दिन एकसय बालबालिका मारिन्छन् या घाइते हुन्छन्


२३ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गाजामा भइरहेका इजरायली हमलामा प्रत्येक दिन एक सय बालबालिका मारिने वा घाइते हुने गरेकाे संयुक्त राष्ट्र सङ्घले तथ्य सार्वजनिक गरेको छ ।

युएनआरडब्ल्यूएका प्रमुखलाई उद्धृत गर्दै सञ्चारमाध्यम अलजजिराले जनाएअनुसार १८ मार्चमा इजरायलद्वारा युद्धबिराम उल्लङ्घनपछि गाजामा प्रत्येक दिन कम्तिमा एकसय प्यालेस्टाइनी बालबालिकाको मृत्यु भएको छ वा बालबालिका घाइते भएका छन् ।

गाजा शहरस्थित अल–अहली अस्पतालमा घाइतेको उपचारका लागि कुनै ठाउँ बाँकी छैन । किनकि शुक्रबार बिहानदेखि हालसम्म भएको इजरायली आक्रमणमा कम्तिमा ३८ प्यालेस्टाइनीको मृत्यु भएको छ ।

गाजामा रहेकाका बाँकी बन्दीमाथि हुने आसन्न खतराको प्रतिरोध गरिरहेको भन्दै हमासले चेतावनी दिएको छ । किनभने ती नयाँ इजरायली सैनिक जबरजस्ती निष्कासन गरिरहेको क्षेत्रमा छन् ।

गाजास्थित स्वास्थ्य मन्त्रलायले गाजामा भइरहेको इजरायली युद्धमा कम्तिमा ५० हजार ६ सय ९ प्यालेस्टाइनीको मृत्यु भएको पुष्टि गरेको छ । यस्तै, १ लाख १५ हजार ६३ घाइते भएका छन् । सरकारी मिडियाले मृतकको सङ्ख्या ६१ हजार ७ सयभन्दा बढी रहेको उल्लेख गरेको छ । यस्तै बेपत्ता हजारौंको मृत्यु भएको हुन सक्ने आशङ्का गरेको छ ।

७ अक्टोबर २०२३ मा हमासको नेतृत्वमा भएको आक्रमणका क्रममा इजरायलमा कम्तिमा १ हजार १ सय ३९ जनाको मृत्यु भएको र २ सय भन्दा बढीलाई बन्दी बनाइएको छ ।
– अलजजिरा

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  ११ : ४९ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले