मोदीजी सगरमाथा संवादमा आउन भ्याउनुहुन्न : ओली « Khabarhub

मोदीजी सगरमाथा संवादमा आउन भ्याउनुहुन्न : ओली


२३ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सगरमाथा संवादमा नआउने भएका छन् । थाइल्याण्डबाट स्वदेश फर्किने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री मोदी सगरमाथा संवादमा सहभागी नहुने जानकारी दिएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार आयोजित पत्रकार सम्मेलनमा ओलीले मोदीको यसअघि नै युरोप भ्रमणको कार्यक्रम तय भइसकेकाले सगरमाथा संवादमा सहभागी हुन नसक्ने बताए ।

‘सगरमाथा संवादमा मोदीजी आउन भ्याउनुहुन्न,’ प्रधानमन्त्री ओलीले भने, ‘यसकारण कि उहाँको पहिले नै त्यसैबेला युरोप जाने कार्यक्रम तय भइसकेको रहेछ ।’

उनले भारतीय प्रधानमन्त्री मोदीसँग आफ्नो अत्यन्तै राम्रो र सुमधुर वातावरणमा हार्दिकताका साथ भेटवार्ता भएको पनि बताए ।

‘मोदीजीसँग भेट भयो । श्रीलंकाका प्रधानमन्त्री, भुटानका प्रधनमन्त्री, म्यानमारका प्रधनमन्त्रीसँग पनि भेट भयो,’ ओलीले भने, ‘खास यहाँहरुको चासो भारतका प्रधनमन्त्रीज्यूसँग भेट कस्तो भयो, के भयो भन्ने कुरा, भेट अत्यन्तै राम्रो, सुमधसुर वातावरणमा मित्रता, हार्दिकताका साथ भेट भयो ।’

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  १ : ३८ बजे

व्यापारिक जहाजलाई अमेरिकाको चेतावनी – खाडी क्षेत्रबाट टाढै रहनू

काठमाडौं – अमेरिकाले आफ्ना व्यापारिक जहाजहरूलाई खाडी क्षेत्रबाट टाढै रहन

विश्वकपको सुपर-८ बाटै बाहिरियो पाकिस्तान, न्युजिल्याण्ड सेमिफाइलनमा

काठमाडौं – पाकिस्तान आईसीसी टी–२० विश्वकप २०२६ बाट बाहिरिएको छ

४९ ड्रोन र मिसाइल आकाशमै निस्तेज पारेको जोडर्नको दाबी

काठमाडौं – जोर्डनको सेनाले शनिबार आफ्नो भूभागलाई लक्षित गरी आएका

इरानमाथि आक्रमणपछि विश्व शक्तिहरूको चासो, संयमता अपनाउन आह्वान

काठमाडौं – संयुक्त राज्य अमेरिका र इजरायलले शनिबार इरानमाथि आक्रमण

दुबईको बुर्ज खलिफा नजिकैको भवनमा इरानी ड्रोन हमला

दुबई- दुबईस्थित विश्वकै अग्लो बुर्ज खलिफा नजिकै इरानले ड्रोन हमला