भारत भ्रमणबारे प्रधानमन्त्रीको जवाफ– हामीले भ्याउँछौँ भन्यो भने हुन पनि सक्छ « Khabarhub

भारत भ्रमणबारे प्रधानमन्त्रीको जवाफ– हामीले भ्याउँछौँ भन्यो भने हुन पनि सक्छ


२३ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले समय नमिलेका कारण छिमेकी मुलुक भारतको भ्रमण नभएको बताएका छन् । त्रिभुवन विमानस्थलमा पत्रकारहरूको जिज्ञासामा उनले आफूले समय मिलाउन सके भारत भ्रमण हुन सक्ने पनि बताए ।

‘सगरमाथा संवादलगायतका विषयले अलि व्यस्त नै छौँ,’ थाइल्याण्डबाट स्वदेश फर्किने क्रममा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले भने, ‘हामीले भ्याउँछौँ भन्यो भने हुन पनि सक्छ ।’

त्यसअघि उनलाई पत्रकारका तर्फबाट सगरमाथा संवादअघि नै भारतको भ्रमण हुन्छ ? भनेर प्रश्न गरिएको थियो । प्रश्नअघि प्रधानमन्त्री ओलीले समय नमिलेर भारतको प्रमण गर्न नसकिएको जवाफ दिएका थिए ।

‘कहिले के काम परेको हुन्छ, कहिले के, त्यही भएर मात्रै हो,’ उनको भनाइ थियो, ‘बाहिर भनेजस्तो भारत भ्रमणमा कसैले काँडेतार लगाएको छ र ? त्यस्तो हुँदै होइन । त्यसलाई ठिकै ढंगले बुझ्दा हुन्छ ।’

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  २ : २२ बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै