भारत भ्रमणबारे प्रधानमन्त्रीको जवाफ– हामीले भ्याउँछौँ भन्यो भने हुन पनि सक्छ | Khabarhub Khabarhub

भारत भ्रमणबारे प्रधानमन्त्रीको जवाफ– हामीले भ्याउँछौँ भन्यो भने हुन पनि सक्छ


२३ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले समय नमिलेका कारण छिमेकी मुलुक भारतको भ्रमण नभएको बताएका छन् । त्रिभुवन विमानस्थलमा पत्रकारहरूको जिज्ञासामा उनले आफूले समय मिलाउन सके भारत भ्रमण हुन सक्ने पनि बताए ।

‘सगरमाथा संवादलगायतका विषयले अलि व्यस्त नै छौँ,’ थाइल्याण्डबाट स्वदेश फर्किने क्रममा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले भने, ‘हामीले भ्याउँछौँ भन्यो भने हुन पनि सक्छ ।’

त्यसअघि उनलाई पत्रकारका तर्फबाट सगरमाथा संवादअघि नै भारतको भ्रमण हुन्छ ? भनेर प्रश्न गरिएको थियो । प्रश्नअघि प्रधानमन्त्री ओलीले समय नमिलेर भारतको प्रमण गर्न नसकिएको जवाफ दिएका थिए ।

‘कहिले के काम परेको हुन्छ, कहिले के, त्यही भएर मात्रै हो,’ उनको भनाइ थियो, ‘बाहिर भनेजस्तो भारत भ्रमणमा कसैले काँडेतार लगाएको छ र ? त्यस्तो हुँदै होइन । त्यसलाई ठिकै ढंगले बुझ्दा हुन्छ ।’

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  २ : २२ बजे

इजरायल-इरान युद्ध विराममा सहमति: ट्रम्पको घोषणामा के छ ?

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच पूर्ण र

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल असार १० गते मंगलबार। असार कृष्ण

इरान र इजरायल पूर्ण युद्ध विराममा सहमत भएको ट्रम्पको घोषणा

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरान पूर्ण

आज २०८२ साल असार १० गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १० गते मंगलबार। असार