कीर्तिपुरमा मात्रै होइन, त्यस्ता थुप्रै डाँडामा दुई–चार लाख कमाउन सकिन्छः गगन थापा « Khabarhub

कीर्तिपुरमा मात्रै होइन, त्यस्ता थुप्रै डाँडामा दुई–चार लाख कमाउन सकिन्छः गगन थापा


२३ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अबको एक दशक आईटीको निर्यातलाई पाँचगुणा बनाउने र तलब तीनगुणा बढाउने विषयमा बहस गर्नुपर्ने बताएका छन् ।

कीर्तिपुरको डाँडामा बसेर, हातमा ल्यापटप राखेर महिनाको दुई लाख, तीन लाख, चार लाख यही डाँडामा बसेर आम्दानी गर्ने पनि छन् भन्ने मानक स्थापना गर्न सकिने अभिव्यक्ति दिएपछि ट्रोल बनेका उनले सोही अभिव्यक्ति दृढतापूर्वक दोहोर्‍याएका छन् ।

शनिबार बाह्रखरी मिडियाले काठमाडौंमा आयोजना गरेको एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद कार्यक्रममा महामन्त्री थापाले आईटीको पूर्वाधार बढाउने विषयमा बहस गरिनुपर्ने बताए । उनले अबको ८–१० वर्षभित्र कीर्तिपुरको डाँडामात्रै नभई अन्य ठाउँमा पनि दुई–चार लाख रुपैयाँ कमाउन सक्ने स्थिति बनाउन सकिने बताए ।

‘मलाई फेरि पनि विश्वास छ, कीर्तिपुरको डाँडामात्रै होइन, त्यस्ता थुप्रै डाँडामा साथीहरूले दुई–चार लाख रुपैयाँ कमाएको स्थिति हामी बनाउन सक्छौँ, त्यो पोटेन्सियल हामीसँग छ,’ थापाले भने ।

राजतन्त्र चाहिंदैन थोत्रो भइसक्यो

महामन्त्री थापाले राजतन्त्र ‘नचाहिने’ र ‘थोत्रो’ भइसकेको बताएका छन् । उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै विगतमा मिल्काइसकेको पात्रको बारेमा छलफल गर्ने समय नरहेको टिप्पणी गरे ।

“हिजो लगेर एक ठाउँमा मिल्काइसकेको, थन्काइसकेको विषय र पात्रको बारेमा छलफल गरेर टाइम खेर फाल्ने होइन,’’ महामन्त्री थापाले भने ।

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  ५ : ३९ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा